बिमस्टेक : एजेण्डा र घोषणापत्रको मस्यौदाले पायो अन्तिम रूप



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० अन्तर्गत परराष्ट्रमन्त्रीस्तरीय बैठकले चौथो शिखर सम्मेलनको एजेण्डा र काठमाडौं घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिएको छ ।

काठमाडौंस्थित होटल सोल्टीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी एवम् शिखर सम्मेलनका एजेण्डाहरुलाई अन्तिम रुप दिएको हो ।

यस्तै मन्त्रीस्तरीय बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन, हिजो सम्पन्न बिमस्टेकका बरिष्ठ पदाधिकारीको १९ औँ बैठक तथा बिशेष बैठकका प्रतिवेदन पेश गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय बैठकले अन्तिम रुप दिएका एजेण्डालाई भोलि शुरु हुने शिखर सम्मेलनमा प्रस्तत गरिनेछ । बैठकमा सदस्य देशका परराष्ट्ररबाह्य मामिला तथा विदेश मन्त्रीले सम्बोधन गरेका छन् ।

बैठकमा बंगलादेशको विदेशसचिव अबुल हसन महमुद अलि, भारतको बाह्य मामिला राज्यमन्त्री भिके सिंह, म्यान्मारका अन्र्तराष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके र थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुद विनय नेतृत्वको प्रतिनिधिमण्डलको सहभागिता थियो । बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गरेका थिए ।

यसैबीच बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेक आवद्ध मुलुकबीचको समन्वयले सम्भावनाको ढोका खोल्ने बताउँदै विद्युत र प्रविधि क्षेत्रमा लगानी र व्यापार बढाउन सके सामाजिक–आर्थिक क्षेत्रमा परीवर्तन ल्याउन सकिने उल्लेख गरेका छन् ।

दिगो यातायात सञ्जाल, विद्युत प्रसारण लाइन अन्तरसञ्जाल लगायतका क्षेत्रमा सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई थियो ।

प्राकृतिक प्रकोप, खाद्य असुरक्षा र जलवायु परिवर्तनले निम्त्याउने जोखिमको सामनाका लागि पूर्व तयारीमा पनि जोड दिनुपर्ने ज्ञवालीले बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •