सिईओ ज्ञवाली पुनर्निर्माणको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको पछिल्लो अवस्थाबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सोमबार स्थलगत निरीक्षण गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणलाई अगाडि बढाउन भदौ १७ गते विज्ञहरु एवं काठमाडौं महानगरपालिकाका मेयरसँग समेत छलफल गरेका थिए । भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणमा प्राचीन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न आवश्यक भएको उनले बताएका छन् ।

रानीपोखरी पुनर्निर्माणमा देखा परेको समस्याबारे स्थलगत अनुगमन गर्दै अधिकृत ज्ञवालीले पुरानो स्वरुपमा बनाउँदा त्यसको प्रामाणीकतालाई पनि जोड दिनुपर्ने बताएका छन् ।

पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि रानीपोखरीमा रहेको बालगोपालेश्वरको मन्दिर निर्माण रोकिएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले मन्दिर निर्माण गर्दा मापदण्ड पूरा नगरेको भन्दै पुरातत्व विभागले निर्माण गर्न रोकेको थियो ।

तपाईको प्रतिक्रिया