काठमाडौंमा मोनोरेल बनाउन १ खर्ब १६ अर्ब लाग्ने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौंमा मोनोरेल परियोजनाका लागि बनाउन १ खर्ब १६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । मोनोरेलको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन सिआरसिसीले २७ दशमलव ५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि १ खर्ब बढी लाग्ने ठहर गरेको हो ।

सभ्भाव्यत्ता अध्ययन प्रतिवेदन अनुसार काठमाडौंमा मोनोरेल निर्माणका लागि प्राविधिक, भौगोलिक, वातावरणीय र आर्थिक रुपमा सम्भव देखिएको छ । कुनै अवरोध नआए ३ वर्षभित्र मोनोरेल निर्माण गर्न सकिने चिनियाँ पक्षको भनाई छ ।

२७ किलोमिटर लामो रेलवे कोटेश्वर—कलंकी, कलंकी–महाराजगञ्ज र महाराजगञ्ज—कोटेश्वर गरी तीन चरणमा बनाउन सकिने प्रतिवेदनमा उल्लेख छ । ठेकेदार कम्पनीले आर्थिक र प्राविधिक पक्षको जिम्मा लिई निर्माण सकेर हस्तान्तरण गर्ने इपीसिएफ मोडेलमा आयोजना निर्माण गरिनेछ ।

३ महिनामै प्रारम्भिक सम्भाव्यक्ता अध्ययन सकेर चिनियाँ कम्पनीले आज काठमाण्डौ र ललितपुर महानगरपालिकालाई प्रतिवेदन बुझाएको छ । काठमाण्डौ र ललितपुर महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र चिरिबाबु महर्जनले सम्भाव्यता अध्ययनको प्रतिवेदन पढेर अन्य पक्रियाको थालनी गरीने बताएका छन् ।

चिनियाँ कम्पनीले आगामी ६ महिनामा विस्तृत परियोजना अध्ययन डिपीआर पनि सकिने उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार