भारत–चीन जोड्ने मोटरेबल पुल डिजाईन फेल, सात बर्षदेखि अलपत्र



नेपालबहस संवाददाता
 



damchaur-pul-syangja

चापाकोट ८ र पाल्पा रामपुर ६ मा निर्माणधिन भारत र चीन जोड्ने कालिगण्की बेबारिसे बनेको पुल । पुल साँढे ७ बर्षमा निर्माण नहुदाँ अलपत्र अवस्थामा रहेको छ । तस्बिर : प्रकाश डोटेल

प्रकाश डोटेल

स्याङ्जा । तीन बर्षमा काम सक्नेगरि सम्झौता गरेर काम थालिएको स्याङ्जाको कालिगण्डकी नदीका २ मोटरेबल पुल डिजाइन फेल हुदाँ अलपत्र परेका छन् । चापाकोट ८ र रामपुर नगरपालिका ६ पाल्पा जोड्ने दामाचौर पुल तथा चापाकोट ९ र रामपुर ६ जोड्ने निर्दिमघाट पुल सडक विभागको पुल महाशाखाले तयार पारेको डिजाईन फेल हुदाँ निर्माण प्रक्रिया साँढे ७ बर्षसम्म अलपत्र परेको हो ।

पाल्पास्थित सडक विभागले सुचना प्रकाशन गरेर एकै दिन सम्झौता गरि निर्माण थालनी भएका मोटरेबल पुलको निर्माण महाशाखाको डिजाईन फेल भएपछि निर्माणमा समस्या देखिएको हो । सडक बिभागको पुल महाशाखाले दामाचौर र निर्दिमघाट दुबै पुलको स्वाईल टेस्ट (माटो परिक्षण) र डिजाईन गर्ने जिम्मा बिडीए नेपाल प्रालिलाई दिएको थियो ।

२०६८ साल असार २६ गते एम.एस. इलाईट एस.बिए. जेबी कपन काठमाडौले दामाचौर पुल र निर्दिमघाट पुल कन्काई-मिलिनीयम-नेपाल प्रगती जेभिले ३ बर्षमा काम सक्ने गरि सम्झौता गरेको थियो । वेल फाउण्डेस डिजाईनमा काम गर्ने गरि सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएका दुबै पुलका निर्माण कम्पनीले पहिलो चरणमा दुई छेउका पिलर निर्माण पश्चात नदीको मध्य भागमा पिलर बनाउने क्रममा डिजाइन अनुसार निर्माणको काम अगाडी नबढेपछि ७ बर्षबाट पुल बन्ने प्रक्रिया रोएिको छ ।

महाशाखाले पुलको प्राविधिक परिक्षणका आधारमा डिजाईन गरेकोमा परिक्षण गरिएको ठाउँमा डिजाईन अनुसारको पिलर निर्माण कम्पनीले बन्न नसक्ने अवस्था सडकलाई बताएपछि प्राविधिक परिक्षण गर्ने प्राबिधिक प्रति औला ठडिएको छ । दामाचौर पुलको छेउ छेउका दुई पिल्लर बनेको छ भने निर्दिमघाट पुलका छेउका २ र नदीको बिचको एक पिल्लर बनेको छ ।

पुलको नयाँ डिजाईन भए अनुसार नयाँ टेण्डर प्रकाशन गरि नयाँ निर्माण कम्पनीलाई दिएमा हालको मुल्य बृद्धि भन्दा दोब्बर खर्च लाग्ने देखिन्छ । बिडिए नेपाल प्रालिले गरेको प्राविधिक परिक्षण र डिजाईन फेल हुदाँ राज्यले करौडौ क्षति व्यहोरेकको बताउदै स्थानीय राजु कुमालले डिजाईन फेल गराउने जो कोही भएपनि सजायको भागिदार बनाउनुपर्नेमा जोढड दिए । कालिगण्डकीका दुबै पुल भारतको सिमा नवलपरासी सुस्ता र चिन जोड्ने सबैभन्दा छोटो दुरीको भएको स्थायनीयको बुझाई छ । पुलको निर्माणले भारत तर्फ स्याङ्जाको चापाकोट हुदै पाल्पाको रामपुर, मित्तेल, झिरुवास, नयाँ बेलनी हुदै नवलपुरको अरुणखोला, सुस्ता जोडिने बताउदै स्थानीयले ज्याग्दीखोला करिडोर हुँदै आँधीखोला करिडोर, पर्वत, मुक्तिनाथ हुँदै चिन पुगिने बताए ।

डिजाईन अनुसार पल्लिर १५-१५ मिटर जमिन मुनी दब्नु पर्नेमा ५ मिटर भन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको ६ महिना पश्चात काम गर्ने प्रक्रिया रोकिएको दामाचौर पुलको निर्माण कम्पनी एम.एस. इलाईटका श्याम केसीले बताए । पहिलो चरणमा काम गरेर १० प्रतिशत काम सकेको बताउदै केसीले नदीको बिचको जमिनमा चट्टान भेटिएपछि काम अगाडी बढाउन नसकेको बताए ।

साढे चार बर्ष पहिला काम सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा काम नसकिदा आफु चिन्तीत भएको बताउदै केसीले पुल निर्माण भन्दा पनि उम्किएर जान पाए राम्रो हुने सुनाए । रड, सिमेन्ट, गिटी, बालुवा जस्ता धेरै सामाग्री बिग्रेर गएको बताउदै केसीले फुल निर्माण पश्चात केही मुनाफा गर्ने सोचको अन्त्य भएको बताए ।

दामाचौर पुल भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार २ सय ६६ रुपैयाँ ६० पैसामा निर्माण सक्ने गरि इलाईटले जिम्मा लिएको हो । इलाईटले ६०÷६० मिटरका तिन स्पाममा १ सय ८१ दशमलब ६९ मिटर लम्बाई रहेको पुलमा ४ पिल्लर राख्ने गरि एकै पटक काम थालेको थियो ।

यस्तै १ सय ५० मिटर लामो, तिन स्पाममा ४ पिलरको डिजाईन भएको निर्दिमघाट पुल १२ करोड ४८ लाख रुपैया“मा पाल्पा सडकसँग कन्काई÷मिलिनीयम÷नेपाल प्रगती जेभिले सम्झौता गरेर कामलाई अगाडी बढाएको थियो । दुई छेउका पिलर र बिचको एक पिलर निर्माण पश्चात रोकिएको निर्दिमघाटको समस्या पनि दामाचौरको जस्तै हालतमा छ ।

चौथो पिलर बनाउने क्रममा चट्टान भेटिएपछि निर्माण थालेको एक बर्ष पछाडी काम गर्न नसकेको निर्माण कम्पनीका यामबहादुर श्रेष्ठले बताए । निर्माणको जिम्मा पाए पश्चात सबै सामाग्री तयार गरि काम थालेको बताउदै श्रेष्ठले पुल निर्माणका लागि ल्याएका रड, सिमेन्ट लगायतका सामाग्री बिग्रेको बताए ।

निर्माणका लागि ल्याएका सामाग्री बिग्रदा लाखौ क्षति भएको बताउदै श्रेष्ठले निर्माण भएका पिलरमा प्रयोग भएर बाहिर देखिएका रड समेत खिया लागेको बताए । उनका अनुसार माटो परिक्षणको जिम्मा पाएको कन्सल्टेन्सी र इन्जिनियरले राम्रोसँग काम नगर्दा आफुहरुले ठुलो क्षति ब्यर्होन बाध्य भएका छौं । नयाँ डिजाईन चाडो सडकले उपलब्ध गराएमा पुल एक बर्षमा निर्माण गरेर सरकारलाई बुझाउन सकिने श्रेष्ठले दाबी गरे ।

पुल निर्माण प्रक्रिया पुलको डिजाईनका क्रममा समस्या रहदा साँढे ७ बर्ष ढिलाई भएको बताउदै सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदार नेपालले पुलको पाइल फाउण्डेसनमा नया“ डिजाईन तयार भएको जानकारी दिए । मोटरेबल पुल नयाँ डिजाईनमा काम गर्न १५ देखि २० प्रतिशत रकम थप्नु पर्ने बताउदै नेपालले बिभागले थप गर्ने रकमको टुङगो नलगाएसम्म पुल निर्माणको थालनी नहुने बताए ।

पुलको नयाँ डिजाईन भए अनुसार नयाँ टेण्डर प्रकाशन गरि नयाँ निर्माण कम्पनीलाई दिएमा हालको मुल्य बृद्धि भन्दा दोब्बर खर्च लाग्ने देखिन्छ । बिडिए नेपाल प्रालिले गरेको प्राविधिक परिक्षण र डिजाईन फेल हुदाँ राज्यले करौडौ क्षति व्यहोरेकको बताउदै स्थानीय राजु कुमालले डिजाईन फेल गराउने जो कोही भएपनि सजायको भागिदार बनाउनुपर्नेमा जोढड दिए ।

कालिगण्डकीका दुबै पुल भारतको सिमा नवलपरासी सुस्ता र चिन जोड्ने सबैभन्दा छोटो दुरीको भएको स्थायनीयको बुझाई छ । पुलको निर्माणले भारत तर्फ स्याङ्जाको चापाकोट हुदै पाल्पाको रामपुर, मित्तेल, झिरुवास, नयाँ बेलनी हुदै नवलपुरको अरुणखोला, सुस्ता जोडिने बताउदै स्थानीयले ज्याग्दीखोला करिडोर हुँदै आँधीखोला करिडोर, पर्वत, मुक्तिनाथ हुँदै चिन पुगिने बताए ।

सडकले पुल निर्माण थालनी गरेर लामो समयसम्म नसक्दा यहाँका स्थानीय बासिन्दाहरु बिस्तापीत भएर बुटवल, नारायणगढ बजारमा पुग्न थालेको स्थानीय राजन डोटेलले बताए । पुलको प्रयोगबाट स्थानीय स्तरमा उत्पादीत नगदेबाली बुटवल, पोखरा, नारायणगढ जस्ता बजार क्षेत्रमा लैजान सकिने बताउदै डोटेलले पुल निर्माण नहुदा“ स्थानीय मर्कामा परेको बताए ।


सम्बन्धित समाचार