नेपाली बजारमा ‘ब्लूबो स्मार्ट’ फोन आउदै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ब्लूबो स्मार्टफोन कम्पनीले आफ्नो उत्पादन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ। नेपाली बजारमा ब्लूबोका एस ३, एस ८, एस ८ प्लस तथा डि ६ सेरिजका स्मार्टफोनहरु पहिलो चरणमा सार्वजनिक गर्ने भएको हो।

उक्त फोन आगामी हप्ता सावर्जनिक गर्ने कम्पनीले जानकारी दिएको छ। नेपाली बजारमा हुवावे र ओप्पो ब्राण्डका स्मार्टफोनहरु यतिबेला चलन चल्तीमा छन्।

यस्तोमा ब्लूबो स्मार्टफोनलाई स्थापित हुन चुनौती भएपनि नेपालीहरु नयाँ ब्राण्डका स्मार्टफोनहरुमा रुची राख्ने भएका कारण ब्लुबो नेपालमा स्थापित हुनेमा ढुक्क छ।

ब्लुबोको एस ८ र एस ८ प्लस फोन सामसुङ ग्लालेक्सी जस्तै देखिने बताइएको छ। यद्यपी स्क्रिन फरक भएको कम्पनीको भनाइ छ। यसको स्क्रिन एचडी प्लस क्षमताको छ। एस ८ प्लस स्मार्टफोनमा ४ जिवी -याम, तथा ६४ जिवी इन्टरनल स्टोरेज रहेको छ।

यसमा दुवै क्यामराको सेटअप पछाडी राखिएको हुन्छ। एस ८ एस ८ प्लसको पुरानो रुप हो। यसको सबै सुविधा एस ८ प्लसको जस्तो भएपनि यसको (याम ३ जिवी तथा स्टोरेज ३२ जिवीको छ। एस ८ मा धेरै एप्लिकेशन चलाइए एस ८ प्लसभन्दा अलि ढिलो चल्ने बताइएको छ।

डि ६ फोन हेर्दा राम्रो देखिने खालको छ। यो एस सिरिजभन्दा भिन्न छ। कम क्षमता भएको डि ६ फोनमा २ जिवी (याम तथा १६ जिवी इन्टरनल स्टोरेज छ।

यसको मुख्य विशेषता भनेको यसमा फिंगर प्रिन्ट सेन्सर तथा फेसियल अनलक फिचर छ। ब्लूबोको एस ३ स्मार्टफोन पनि आकर्षक छ। यसमा ८५०० एम ए एच क्षमताको ब्याट्रि छ। जुन नोट ९ कोभन्दा दुई गुणा टिकाउ छ।

यस्तै आइफोन दशभन्दा तिन गुणा टिकाउ रहेको बताइएको छ।  यसलाई फुल चार्ज गर्न साढे २ घण्टा लाग्ने कम्पनीले बताएको हो।

तपाईको प्रतिक्रिया