चाडपर्व नजिकिएसँगै बजार अनुगमन तिव्र



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं लगायत सरकारले देशैभर बजार अनुगमन तिव्र पारेको छ । चाडपर्वको समयमा हुने खाद्य बस्तुहरुको कृत्रिम अभाव तथा मुल्य वृद्धिलाई निरुत्साहित गर्न अनुगमन तीब्र पारिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

केन्द्र सहित बिभिन्न जिल्लामा अनुगमनका लागि विभागले टोली परिचालन गरेको बताए । त्यस्तै मासु तथा मासुजन्य उद्योगहरुमा पनि अनुगमन केन्द्रित रहने महानिर्देशक गौचनले उल्लेख गरे । मासुबाट विभिन्न रोग तथा प्रकोपको संक्रमण समेत हुने भएकाले रोगी तथा संक्रमित पशुपक्षीको आयातमा कडाई गरिएको उनले बताए ।

यसैबीच विभागको टोलीले मुलुकका विभिन्न चामल उद्योग तथा तरकारी बजारमा हिजो अनुगमन गरी केहि उद्योगमा शील समेत गरेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •