बीपी राजमार्गमा लेदो माटो र खहरे : सडक अवरुद्ध


Share This

नेपालबहस संवाददाता    

काँभ्रे । बीपी राजमार्ग अन्तर्गत मंगलटारदेखी नेपालथोकसम्मको सडकखण्डमा खसेको लेदो माटो र खहरेका कारण सडक अवरुद्ध भएको छ।

शुक्रबार बिहानैदेखि सो खण्डमा सवारी आवागमन अवरुद्ध भएको काँभ्रे भञ्याङ् स्थित ट्राफिक चेक पोष्टका असई उमेश थपलियाले बताए।मङगलटार स्कुल नजिकै, कालढुंगा र चिउरिवासमा लेदो माटो, माम्तीखोलामा बाढी, अन्य ठाउँमा खहरे खोला आएकाले सडक अवरुद्ध हुन पुगेको उनले बताए।

सडक अवरूद्ध हुँदा काठमाडौंबाट पूर्व जाने र पूर्वबाट काठमाडौं भित्रिने गाडीका यात्रुहरु सडकमै अलपत्र परेका छन् । यात्रुको सहजताका लागि एकतर्फि भएपनि सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State