लामो समय देखि सडक निमार्ण अलपत्र !


Share This


नेपालबहस संवाददाता    145 Views

बौद्ध-जोरपाटीमा चक्काजामको घोषणा

काठमाडौं । लामो समयदेखि सडक निर्माण नभएको भन्दै चाबहिल-जोरपाटी, जोरपाटी-सुन्दरीजल, जोरपाटी-साँखु खण्डको सडकमा चक्का जामको घोषणा भएको छ।

समता मानव अधिकार तथा नागरिक समाजले २०७२ सालदेखि सम्झौता गर्ने ठेकेदारले हालसम्म काम नगरेको भन्दै बाटो बन्द गर्ने निर्णय गरेको कारण असार २० गते वुधबार चक्काजाम गर्ने घोषणा भएको थियो ।

जनताको स्वास्थ्यमा प्रभाव पार्नेगरी निर्माण कार्य रोकिएको भन्दै दवाव दिन चक्का जामको घोषणा भएको हो। पानी पर्दा हिलो र घाम लाग्दा धुलोको सिकार हुनुपरेको भन्दै आन्दोलनमा स्थानीय उत्रिएका हुन्।

गत शुक्रबार र शनिबार यस क्षेत्रका स्थानीयले सडकमा उत्रिएर सडक निर्माणका लागि दवाव दिन कार्यक्रम गरेका थिए। शुक्रबार सडक कविता वाचन गरिएको थियो भने शनिबार विरोध सभाको आयोजना भएको थियो।

तपाईको प्रतिक्रिया