पानीको बहाव बढेपछि बनबसा पुलमा ठूला गाडीलाई प्रतिबन्द


Share This


नेपालबहस संवाददाता    64 Views

कञ्चनपुर । पहाडी जिल्लाहरुमा भएको भारी वर्षापछि महाकाली नदीमा एकाएक पानीको बहाव बढेको छ । बहाव निरन्तर बढ्नेक्रम जारी भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरु त्रसित सर्तकता अपनाउन आग्रह गरिएको छ ।

महाकाली नदीमा पानीको बहाव बढेपछि बनबसा पुलबाट आवतजावत गर्ने ठूला गाडी तथा मालबाहक ट्रकलाई प्रतिबन्द गरिएको छ ।

बुधबार दिउँसो २ बजेबाट पुलमा ठूला सवारी साधन आवागमनमा रोक लगाइएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई डिकरदेव पन्तले बताए ।

उनका अनुसार ४ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव २ लाख १५ हजार क्युसेक पुगेको छ । यो सिजनमा दोस्रो पटक पुलमा ठूला सवारी आवागमनमा रोक लगाइएको हो ।

गतसाता महाकालीमा बाढी आएका बेला पानीको बहाव १ लाख ४५ हजार क्युसेक पुगेको थियो । त्यतिबेला दुई दिन ठूला सवारी साधन आउजाउ बन्द गरिएको हो ।

तपाईको प्रतिक्रिया