fbpx

जथाभावी बाटो काट्ने १० हजार यात्रुलाई ‘सचेतना कारवाही’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक काट्ने १० हजार पैदल यात्रुलाई ‘सचेतना कारवाही’ गरेको छ।

असार ३१ गतेदेखि तीन दिनमा राजधानीका १२ स्थानमा जथाभावी पैदल काट्ने १० हजार ५ सय ७ जनलाई सडकमा नै ‘प्रशिक्षण’ दिएको महाशाखाले जनाएको छ।

जेब्राक्रसिङ र आकासेपुल भएका स्थानबाट बाटो नकाट्ने यात्रुलाई सजक गराउन यस्तो नियम ल्याएको महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए। कारवाही भनिएको प्रशिक्षणमा यात्रुलाई कसरी र कहाँबाट बाटो काट्ने तथा ट्राफिक नियमको जानकारी गराउने गरिएको छ।

यसका लागि कोटेश्वर, थिमि, नयाँ बानेश्वर, थापाथली, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगन्ज, कालीमाटी र जावलाखेलमा ट्राफिक प्रहरी परिचालन गरिएको छ।

महाशाखाले यसअघि जथाभावी काटो काट्ने पैदलयात्रीका लागि २ सय रुपैयाँ जरिवाना गरेको थियो। चौतर्फी आलोचना भएपछि गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त व्यवस्था हटाइएको थियो। आगामी दिनमा अन्य स्थानमा समेत यो नियम लागू गरिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार