fbpx

धुलो सफा गरेपछि कंलकी अण्डरपास खुल्यो, दोस्रो चरणको कालोपत्र गर्न बाँकी



नेपालबहस संवाददाता
 




काठमाडौं । कंलकीको अण्डरपास फेरि खुलेको छ । बन्द भएको एक हप्तापछि बुधबारदेखि अण्डरपास खुलाइएको हो । गएको ६ गते सरसफाईको लागि अण्डरपास बन्द गरिएको थियो ।

यसअघि भदौ १ गतेदेखि खुलाइएको अण्डरपासमा धुलो धेरै भएको भन्दै सफा गर्न एक हप्ता बन्द गरिएको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीले दोस्रो चरणको कालोपत्र गर्न बाँकी रहेकाले त्यो काम भएपछि मात्रै अण्डरपासमा पुरै खुल्ने बताए । पूर्ण रुपमा काम नसकिएकाले केही समय बन्द गर्दै काम गर्ने चिनिया पक्षको योजना रहेको उनले जानकारी दिए ।

सधैं जाम भइरहने कलंकीमा अण्डरपास खुलेपछि केही सहज भएको छ । अब फेरि अण्डरपास बन्द गर्नुपरेमा सार्वजनिक सूचना निकालेर जानकारी गराइने समेत भण्डारीले बताए।