राष्ट्रिय गौरवको कंलकी अण्डरपास धूलोको नाम हो कि गिट्टिको ?



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय गौरवको कंलकी अण्डरपास संचालनमा आएको छ । अण्डरपास संचालन आएसंगै यसको सामाजिक संजालमा तिव्र आलोचना पनि भैइरहेको छ ।

सामाजिक संजालमा ब्राजेश खनाल नाम गरेकाले ट्वीटरमा राष्ट्रिय गौरवको कंलकी अण्डरपास भनेर फोटो सहित पोष्ट गरेपछि कमेन्टमा केहीले आलोचना व्यक्त गरेका छन् ।

 

यस्तै मोहनपुर्ण सत्यालले गौरव भनेको धूलोको नाम हो कि गिट्टिको भन्दै कमेन्ट गरेका छन्, भने माघको महिना लागेको हो र कुहिरो पो देख्छु त भन्दै कृष्ण जोशीले कमेन्ट गरेका छन् ।

स्वर्णीम ज्ञवाली नाम गरेका एक जनाले आलोचना गर्दै लेखेका छन् । अक्सिजन नै लगेर जानुपर्ने रहेछ अण्डरपासमा नत्र त मरिन्छ होला अनि माक्स पनि लगाउनु पर्ने देखिन्छ ।

हेर्नुस खनालले अण्डरपासको फोटो सहित पोष्ट गरेपछि आएका कमेन्टहरु यस प्रकार रहेको छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •