चरासँग ठोक्किएको नेपाल एयरलाइन्सको विमान केही दिन बन्द



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । चरासँग ठोक्किएपछि नेपाल एयरलाइन्सको एउटा विमान केही दिन उड्न नसक्ने भएको छ । बिहीबार मलेसियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा चरासँग ठोकिएको एयरबस ए ३२० ए के डब्लु ग्राउण्डेड भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

चरासँग ठोक्किँदा पखेटामा क्षति पुगेकाले एयरबस कम्पनीसँग छलफल गरी मर्मत गर्नुपर्ने भएकाले विमान केही दिन उड्न नसक्ने निगमले जानकारी दिएको छ ।

निगमले केही दिन विमान उड्न नसक्दा यात्रुमा पर्न गएको असरप्रति मध्यनजर गर्दै चाडै छलफल गरी मर्मत भएपछि उडान हुने बताएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •