fbpx

पप्पुले ठेक्का लिएर अलपत्र पारेका २ अर्बको १५ पुल ‘हेर्नुस’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । देशैभर पप्पुले ठेक्का लिएका १५ पुल निर्माण समय सकिएर अलपत्र परेका छन् । निर्माण व्यवासायी पप्पु कन्ट्रक्सनले ठेक्का पारेर पनि बर्षोदेखि अलपत्र पारेका २ अर्बभन्दा बढीको रुपैयाँका १५ वटा पुल फेल परेको छ ।

सडक विभाग अन्तर्गतको पुल विभागले उपलब्ध गराएको एक तथ्यांक अनुसार पप्पुका ३ दर्जन पुलमध्ये १४ वटाको निर्माण गर्ने समय नै सक्किएको छ । यो अबधिमा उपलब्धीबिहीनदेखि ९० प्रतिशतसम्मका आयोजना छन् ।

सडक विभागको तथ्यांक अनुसार पुलको जिम्मा लिएर काम नगरेका कारण यसको धेरैजसो ठेक्का अलपत्र परेको हो । पप्पुले हालसम्म ११ अर्ब रुपैयाँको निर्माण जिम्मा पाइसकेको छ ।

भर्खरै नेपाल राष्ट्र बैंकको बालुवाटार भवन निर्माण गर्ने जिम्मा पनि पप्पुले नै पाएको छ । २ अर्ब ६ करोड रुपैयाँमा जिम्मा पाएको यो भवनसँगको सम्झौता भने हुनै बाँकी रहेको छ ।

सरकारले कामै नगर्ने कम्पनीलाई २ अर्बको काम थप गरिदिएको छ । पप्पुलाई नयाँ ठेक्का थप गरेर सरकारले २ अर्ब रुपैयाँको पुरस्कार दिएको संसदको विकास समितिमा बोल्ने संसदले नै आलोचना गरेका छन् ।

आफैं विकास समितिका सदस्य रहेका पप्पुका मालिक हरिनारायाण रौनियारले भने आफूलाई अपराधीको जस्तो व्यवहार गरेर सबैतिरबाट खेद्न सुरु भएको प्रतिक्रिया दिएका छन् । उनले काम भइरहेको र केही जेभीमा भएका काममा प्रविधिक समस्या आएकामा मात्रै काम नभएको भन्दै पन्छिने प्रयास गरेका छन् ।

पप्पुले हालसम्म ३ दर्जन आयोजना, ५ वटा सडक र एक भवन निर्माणको जिम्मा पाएको छ । यसका अघिकांश काम गुणस्तरहिनदेखी वर्षोसम्म कामै नगर्नेसम्मको समस्या रहेको छ ।

पप्पुको विषयमा आएको विवादमा भौतिक मन्त्रालयले आन्तरिक छानविन गरेका र कमजोरी रहेको ठाउँमा सामान्य जरीवानादेखि कालोसूचीमा राखेर कारवाही गर्नेसम्मको कारवाही गर्न भौतिक मन्त्रालले मातहतका कार्यालयल परिपत्र गरिसकेको पनि भौतिक सचिव मधुसुदन अधिकारीले बताएका छन् । उनका अनुसार जे जस्तो कमजोरी छ, सोही अनुसारको कारवाही पप्पुमाथि हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार