fbpx

ट्राफिक जाम कहिले कहाँ-कहाँ भैइरहेको छ ‘हेर्नुस’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नागढुङ्गा भन्दा केही तल ट्रेलर नालिमा फसेकोले काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनहरुमा जाम भएको छ ।

यता ठमेलको संचय कोष भवन अगाडी विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम भैरहेकोले ठमेल आसपास भएर चल्ने सवारी साधनहरू जाममा चलिरहेका छन् ।

त्यस्तै कोटेश्वर, कलंकी, जमल, केशरमहल, न्युरोड, सोरखुट्टे भएर चल्ने सवारी साधनहरू पनि चापमा चलिरहेका छन् । उपत्यकाका अन्य स्थानहरूको सवारी आवागमन अहिलेलाई सामान्य रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया