fbpx

बन्द भएको दुई महिनापछि भोजपुरमा हवाई सेवा सुरु


Share This

नेपालबहस संवाददाता    

भोजपुर । दुई महिनादेखि अवरुद्ध भएको नेपाल वायु सेवा निगमको उडान सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । जहाजलाई साउन १८ गतेदेखि मर्मत तथा व्यवस्थापन गर्नुपर्ने भन्दै निगमले हवाई सेवा बन्द गरेको थियो ।

निगमले ८ जेठदेखि बन्द गरेको उडान सेवा गएको असार २२ गतेदेखि जहाजको उडानको भाडादर एक हजार तीन सय ५० रुपैयाँको दरले बढाएर काठमाडौ‌ं भोजपुरको भाडा पाँच हजार एक सय ३० पुर्‍याएर उडान सेवा सञ्चालनमा ल्याएको वायु सेवा निगम भोजपुरमा कार्यरत राजुकुमार मिजारले जानकारी बताए ।

तर, निगमले भाडादर बढाएर सेवा पुनः सञ्चालनमा ल्याएको एक महिना नबित्दै फेरि जहाज उडान सेवा १८ साउनदेखि बन्द गरेको थियो ।

वायु सेवा निगम भोजपुरका प्रमुख दिनेश सुन्दासका अनुसार निगमको भोजपुर–काठमाडौ‌ साताको आइतबार र सोमबारबाहेक हप्ताको पाँच दिन र भोजपुर विराटनगर हप्ताको एक दिन उडान भर्ने भएको छ ।

 

उता राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरीगाउँ विमानस्थलबाट उडान भर्ने भएको छ। परिक्षण उडान सफल भएपछि निगमले पहिलो चरणमा हप्तामा दुई पटक उडान भर्नेगरी तालिका सार्वजनिक गरेको छ।

तालिका अनुसार अहिलेलाई सातामा दुई पटक सोमबार र शुक्रबार हवाई सेवा सञ्चालन हुनेछ। दसैंपछि दैनिक सेवा सुरु गर्ने तयारी भैरहेको नेपाल वायु सेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। यात्रुको चापका आधारमा उडान सेवालाई बढाउँदै लगिने निगमले जनाएको छ।

हाललाई इन्धन डिपोको समस्या समाधानका लागि काठमाडौं–भैरहवा–दाङ र दाङ–भैरहवा–काठमाडौं उडान हुने प्रवक्ता सिग्देलले बताएका छन् । अब दाङका जिल्लाबासीहरु तुलसीपुरबाट काठमाडौं वा तुलसीपुर–भैरहवा वा भैरहवा–तुलसीपुर पनि सहजै यात्रा गर्न पाउनेछन्।

हवाई तालिका र भाडा
टिकटको व्यवस्था एयरलाइन्सले आफैं गर्ने बताइए पनि तत्काल यात्रुको सहजताको लागि भने तुलसीपुर उपमहानगरपालिले व्यवस्थापन गर्ने सहमति भएको उपमहानगरपालिकाले जनाएको छ।

दाङको टरिगाउँ विमानस्थलमा आउँदो सोमबारदेखि हवाई सेवा सुरु हुने भएपछि शुक्रबारदेखि नै टिकट बिक्रिको प्रक्रिया सुरु हुने निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार