fbpx

बस र ट्रक ठोक्किदा ६ जनाको मृत्यु, १५ घाइते


Share This

नेपालबहस संवाददाता    

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा ट्रक र माइक्रो बस ठोक्किएर भएको दुर्घटनामा ६ जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा भएको दुर्घटनामा ६ जनाको ज्यान गएको हो । अरु १५ जना घाइते छन ।

दाङबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको माइक्रो बस र लु १ ख ७७२९ नम्बरको ट्रक मुगुवा खोला नजिकै ठोक्किएका थिए ।

उपचारको क्रममा थप दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको पहिचान खुलेको छैन । घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फोटो  : सुनिल रेग्मीको फेसबुकबाट

तपाईको प्रतिक्रिया