fbpx

नागढुंगा-नौबिसे सडकमा जाम कम


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । केहीदिन देखि अत्यधिक जाम हुने नागढुंगा नौबिसे सडकखण्डमा गाडीको आवागमन सामान्य हुन थालेको छ । नागढुंगा नौबिसे सडकखण्डमा पर्ने पिपलामोडमा सडक कालोपत्रे गर्ने काम सकिएकाले जाम कम भएको प्रहरीले जनाएको छ ।

यस्तै हरेक दिनको जामले यात्रुले सास्ती पाएपछि प्रहरीले विशेष टोली खटाएको छ । ट्राफिक प्रहरीको विशेष टोली पनि मोटरसाइकलसहित ठाउँ ठाउँमा खटिएका छन् ।

गाडी बिग्रिए तुरुन्त हटाउने उपकरण पनि राखिएकाले जाम हट्न थालेको नागढुंगाका प्रहरी नायब निरीक्षक हरि भट्टराईले जानकारी दिए ।उनका अनुसार सडक विभागले बिग्रिएका गाडी हटाउन लोडरको व्यवस्था गरेको छ ।

नागढुंगा नौबिसे खण्डमा गाडी बिग्रंदा र पिचको कामले धेरै जाम हुने गरेको थियो । यो खण्डमा १५ दिनसम्म यात्रु १० घण्टासम्म जाममा बस्न बाध्य भएका थिए । तर अब गाडीको आवातजावत सामान्य भएकाले ढुक्क भएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

नागढुंगा नौबिसे सडकखण्डमा अस्थायी चौकी राखेर प्रहरीले गाडीको व्यवस्थापन सुरु गरेको छ । यस्तै कलंकी– नागडुंगासम्मको यात्रा पनि केही सहज भएको छ ।

हरेक दिनको जाम र बढ्दो धुलोका कारण असर परेको भन्दै स्थानियबासिन्दाले आन्दोलन गरेपछि यो सडकखण्डका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार