fbpx

यति एयरलाइन्सको जहाजमा स्याल ठोकिएपछि


Share This

नेपालबहस संवाददाता    

नेपालगन्ज । बाँकेको नेपालगन्ज रहेको राझा विमानस्थलमा यति एयरलाइन्सको जहाजमा स्याल ठोकिएको छ। आइतबार बेलुका काठमाडौंबाट नेपालगञ्ज आएको जहाज स्यालसँग ठोकिएको हो।

अवतरणका लागि रनवेका क्रममा स्यालसँग जहाज ठोकिएको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ। रनवेमा स्यालको बच्चा एक्कासी आएपछि जहाज ठोकिएको बताइएको छ। जहाज र यात्रु भनलाई सकुशल छन्।

जहाजको निरिक्षणपश्चात् पुनः सुचारु गरिने बताइएको छ। बेला बेलामा विमान स्थलभित्र स्याल पसेर अवतरणमा बाधा पु(याउने गरेका छन्। स्यालको सुरक्षा चूनौती देखिएको छ विमानस्थल स्रोतले बताएको छ।

तपाईको प्रतिक्रिया