fbpx

नागढुंगा–पीपलामोडमा दुइतर्फी यातायात सञ्चालन


Share This

नेपालबहस संवाददाता    

 

काम सकिएपछि सवारी आवागमन सहज

काठमाडौं । नागढुंगा–पीपलामोड सडकखण्डमा पिच निर्माण भएसँगै दुइतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक पिच गर्न सुरु गरिएपछि दैनिक सवारी आवागमन प्रभावित बन्दै आएको थियो ।

शनिबार राती पिच निर्माणको काम सकिएपछि सवारी आवागमन सहज भएको सडक डिभिजन कार्यालय काठमाडौं–२ ले जनाएको छ।

सडक पिचको काम असोज १५ गते रातीबाट थालिएको थियो। डिभिजन प्रमुख देवकुमार तामाङका अनुसार पिच सुरु भएको पहिलो दिन राती ८ बजेदेखि बिहान ५ बजे सम्म सवारी बन्द गरिएको थियो। दोस्रो दिनबाट एकतर्फी यातायात खोलेर पिच गरिएको हो।

काठमाडौं प्रवेश गर्ने मुख्य नाका पीपला मोडदेखि नागढुंगा सम्म २ किमी सडक पिच गरिएको हो। यो खण्डमा धेरै खाल्डाखुल्डी भएकाले यात्रुले दैनिक सास्ती खेप्नु पर्ने बाध्यता थियो। पिच निर्माणको काम सकिएपछि निर्वाध रुपमा यातायात सुचारु भएको नागढुंगामा ट्राफिक प्रमुख हरी भट्टराईले बताए।

यो खण्ड भएर दैनिक करिब १० हजार सवारी साधन आवतजावत गर्ने गरेका छन्। चाडबाडको समय नजिकिदै गर्दा पिच निर्माणको काम थालिएको थियो।

जामले गर्दा यात्रुलाई राजधानी प्रवेश गर्न एक दिन बढी समय लाग्ने गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार