fbpx

मर्मत र संरक्षण नहुँदा बैतडी–दार्चुला जोड्ने पुल जीर्ण बन्दै


Share This

नेपालबहस संवाददाता    

बैतडी । बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा रहेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९/६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ ।

दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगेपनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठले बताए । दार्चुलालाई सडक सञ्जालसँग जोड्ने १२० मिटर लामो सो पुल रु पाँच करोडमा निर्माण भएको हो । सोह्र वर्षअघि निर्माण पूरा भएको पुलको समयमा मर्मत र संरक्षण नहुँदा कमजोर बन्दै गएको छ ।

उक्त पुल निर्माणसँगै दार्चुला राज्यको सडक मार्गसँग जोडिएको हो । गुणस्तरयुक्त काम नहुँदा पुल जीर्ण बदै गएको स्थानीयवासी तिलक साउदले बताए । चमेलिया पुलले बैतडी र दार्चुलाको आर्थिक वृद्धिमा टेवा पु¥याएको छ भने देशका विभिन्न स्थानबाट आउने सयौं यातायातका साधन यही पुल भएर भित्रिने गरेका छन् ।

क्षमताभन्दा बढी र ठूला यातायातका साधनका कारण पुल जीर्ण बन्दै गएको हो । वर्खामा पानी पुलमै जम्मा हुने गरेको स्थानीयवासी अमरराज जोशीले बताए ।

पुलमा आवतजावत गर्दा समेत हल्लिने गरेको स्थानीयवासी दानसिंह थलाल बताउछन् । पुलको खम्बामा खिया लागेको छ । पुल मर्मतमा स्थानीय तहले समेत चासो देखाएका छ्रैनन् । नदीले कटान गर्न थालेपछि पुल झन जोखिममा परेको छ ।

बजार क्षेत्रको फोहर फाल्ने ठाउँ पनि चमेलिया नदी बनेको छ । बैतडी–दार्चुला सडक आयोजनाले निर्माण गरेको उक्त पुलको अवधि ५÷६ वर्ष मात्रै भएको सडक डिभिजन कार्यालय पाटन, बैतडीका इञ्जिनीयर शङ्कर खनालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार