fbpx

बढी भाडा लिने विरुद्ध तुरुन्त उजुरी गर्न सरकारको आग्रह


Share This

नेपालबहस संवाददाता    

कलंकीमा रहेका सबै काउण्टर हटाउने तयारी

काठमाडौं । दशैंमा घर जादै हुनुहुनछ घर जाँदा गाडीले बढी भाडा लिए तुरुन्त खबर गर्न सरकारले आग्रह गरेको छ । काठमाडौंबाट चाडपर्व मनाउन घर जाने क्रममा केही गाडीले यात्रुलाई ठगीरहेको पाइएकाले सरकारले ठगी गर्नेविरुद्ध तुरुन्त नजिकैको प्रहरी वा ट्राफिक प्रहरी र यात्रु सहायता कक्षमा उजुरी गर्न यात्रुलाई आग्रह गरेको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले ठगी विरुद्ध उजुरी गरे लगत्तै यात्रुले राहत पाउने दावी गरेका छन् । सरकारले सार्वजनिक गाडीमा १० प्रतिशत भाडा बढाए पछि त्यसको फाइदा उठाउँदै केही गाडीले आफूखुशी भाडा लिइरहेका यात्रुको गुनासो छ ।

यस्तै यात्रु धेरै ठगीएको भेटिएपछि विभागले कलंकीमा रहेका सबै काउण्टर हटाउने तयारी गरेको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा विभागले कलंकीका काउण्टर हटाउने तयारी गरेको हो ।

काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका भएकाले कलंकीमा बिचौलियाको हावी भएको पाइएको छ । पूर्व पश्चिमका गाडी छुट्ने मुख्य नाका कलंकीमा यात्रुले सम्बन्धित गाडीको काउण्टर भट्दैनन् र बिचौलियाले बीच बाटोमा नै बार्गेनिङ गरेर यात्रुलाई प्रभावित पार्ने गरेका छन् ।

कलंकी हुँदै छुट्ने गाडीलाई अब नयाँ बसपार्कबाट मात्रै छुट्न दिइने यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै कोटेश्वरमा रहेको काउण्टरबाट पनि यात्रु ठगिएको गुनासो आएकाले अनुगमन थालिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार