ट्रक पल्टिएपछि दसैंका लागि घर हिँडेका हजारौं यात्रु अलपत्र


Share This


नेपालबहस संवाददाता    

यात्रुले पानी खाना नपाएको गुनासो

काठमाडौं । दशैंमा घर जान हिडेका यात्रु पराल बोकेको ट्रक पल्टिएपछि ४ घण्टादेखि महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा चार घण्टादेखि जाममा परेका छन् ।

दाउन्नेको घिउ खोलानजिक पराल बोकेको ट्रक पल्टिएपछि दसैंका लागि पूर्व–पश्चिम हिँडेका हजारौं यात्रु अलपत्र परेका छन्। घटनास्थलमा प्रहरी छैनन्। गाडी चालकहरुले आफूखुसी उछिन्न खोज्दा दोहोरो जाम परेको प्रहरीले जनाएको छ।

दाउन्ने पूर्वतर्फका गाडीको लाम अरुणखोलाको जंगलसम्म र पश्चिमतर्फ चिसापानीसम्मको सडक खण्डमा जाम छन् ।  गाडी जाममा परेपछि यात्रुहरु जंगल क्षेत्रमा टहलिएर बसेका छन्। उनीहरुले पानीसमेत खाना नपाएको गुनासो गरिरहेका छन्।

जाम कतिखेर खुल्ने भन्ने एकीन छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने पल्टिएको गाडी उठाउन होङ्सी सिमेन्टबाट क्रेन मगाइएको जनाएको छ। प्रहरीका अनुसार अरुणखोला र चिसापानीसम्मको दूरी करिब २० किलोमिटर छ।

तपाईको प्रतिक्रिया