त्रिभुवन विमानस्थलमा उडान सेवा सुचारु, हट्यो भीसीसीएस उपकरणको समस्या


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि प्रभावित भएको उडान सुचारु भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार भीसीसीएस बिग्रिएकाले त्यसलाई परिवर्तन गर्ने काम भइरहेको हो ।

क्षेत्रीले , ‘एरिया एप्रोचको पावर सप्लाईमा प्रबलमका कारण भीसीसीएस गएको हो । भीसीसीएस हामीसँग एक्स्ट्रा छ । इन्जिनियर साथीहरुले त्यो जोड्दै छन् ।’

भीसीसीएस बिग्रिएको कारण एक घण्टा अगाडिदेखि उडान प्रभावित भएपनि अहिले सुचारु भएको छ । काठमाडौं उपत्यका भित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्छ भने बाहिरको क्षेत्रका लागि भीसीसीएस उपकरण चाहिने उनले बताए ।

महाप्रवन्धक क्षेत्रीले विमानस्थलको टावरमा भने कुनै समस्या नरहेको जानकारी दिए ।  भीसीसीएस बिग्रिएको कारण एक घण्टा अगाडिदेखि डिपार्चरमा अलि–अलि डिस्टर्ब भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार