fbpx

कोटेश्वर–कलङ्की चक्रपथ विस्तार कार्य सम्पन्न ! ‘हाती छि¥यो, पुच्छर अड्कियो’


Share This

नेपालबहस संवाददाता    

जोखिम मोलेर बाटो काट्नुपर्ने बाध्यता

काठमाडौं । ‘हाती छि¥यो, पुच्छर अड्कियो’ भने झै कोटेश्वर–कलङ्की चक्रपथ विस्तार कार्य सम्पन्न भए पनि त्यसको ‘सर्भिस ट्रयाक’ को निर्माण कार्य भने अझै सम्पन्न हुन सकेको छैन ।

‘सर्भिस ट्रयाक’ निर्माण हुन नसक्दा सवारी साधन र पैदल यात्रुहरुलाई द्रुतगतिमा सवारी साधन गुड्ने विस्तारित चक्रपथ भएर नै जोखिम मोलेर बाटो काट्नुपर्ने बाध्यता रहेको छ ।

नेपाल र चीनबीच भएको सम्झौता अनुसारको चक्रपथको बिस्तार कार्य यसअघि नै सम्पन्न भइसकेको छ । गत मङ्सिर महिनामा नै चिनियाँ निर्माण कम्पनीले सम्झौता अनुसारको आठ लेनको चक्रपथ विस्तार कार्य सम्पन्न गरिसकेको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको उक्त खण्डको निर्माण सम्पन्न भएको हो । काठमाडौँ चक्रपथ सुुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले चीन सरकारसँग भएको सम्झौता अनुसार आठ लेनको चक्रपथ बिस्तार कार्य सम्पन्न भइसकेको र नेपाल सरकारले आफैँ गर्ने भनिएको दुई लेनको ‘सर्भिस ट्रयाक’ निर्माण काम भइरहेको जानकारी दिए ।

चक्रपथको दायाँबायाँ ६-६ मिटरको ‘सर्भिस ट्रयाक’ निर्माण गर्नुपर्ने छ । ‘सर्भिस ट्रयाक’ निर्माणपछि आठ लेनको अहिलेको चक्रपथ १० लेनको हुनेछ ।

करिब १० किलोमिटर विस्तारित चक्रपथमध्ये छ किलोमिटरमा ‘सर्भिस ट्रयाक’ निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिंदै उनले भने, “चक्रपथको सडक सीमा ‘राइट अफ वे’ सडकको केन्द्रबाट दायाँबायाँ ३१-३१ मिटर रहेको छ, ३१ मिटर ‘क्लियर’ रहेको ठाउँमा ‘सर्भिस ट्रयाक’ निर्माण कार्य सम्पन्न भइसकेको छ भने ‘क्लियर’ हुन नसकेको ठाउँहरूमा निर्माण सम्पन्न हुन सकेको छैन ।”

चक्रपथको रेखाङ्कनभित्र घर, टहरा, पर्खाल परेको ठाउँहरुमा ‘सर्भिस ट्रयाक’ निर्माण हुन नसकेको बताउँदै उहाँले ‘सर्भिस ट्रयाक’ निर्माण गर्नुपर्ने ठाउँहरुमध्ये चार ठाउँमा घर, टहरा र पर्खाल नभत्काउन अदालतको अन्तरिम आदेश जारी भएको जानकारी समेत दिए ।

उनका अनुसार बालकुमारी, धोबीघाट र बल्खु गरी चार ठाउँमा अदालतको अन्तरिम आदेश जारी भएको छ । अदालतबाट जारी अन्तरिम आदेशकै कारण चक्रपथको बाँकी भागमा ‘सर्भिस ट्रयाक’ निर्माण कार्यमा अवरोध भएको उनले बताए ।

थप छ ठाउँमा अकाशे पुल
चक्रपथको विस्तारित कोटेश्वर–कलङ्की खण्डमा थप छ वटा आकाशे पुल निर्माण भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।योजनाका अनुसार बालकुमारी, सातदोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, सानेपा र बल्खुमा थप अकाशे पुल निर्माण हुन लागेको हो ।

छ वटा आकाशे पुलमध्ये पाँचवटाको निर्माण कार्य सुरु भइसकेको छ भने एउटाको निर्माणका लागि ठेक्कापट्टाको प्रक्रियामा रहेको जानकारी इन्जिनियर अर्यालले दिए । यसअघि कोटेश्वर, ग्वार्को र बागडोलमा सम्झौता अनुसारको आकाशे पुल निर्माण भइसकेको छ ।

चक्रपथको कोटेश्वर–कलङ्की विस्तारका लागि १८ डिसेम्बर २०१२ मा तत्तकालिन भौतिक योजना तथा निर्माण मन्त्रालय र चीनको सङ्घाई कन्सट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच सम्झौता भएको थियो ।

सोही सम्झौता अनुरुप चीन सरकारबाट प्राप्त ३१ करोड २० लाख युआन ९करीब तीन अर्ब ७५ करोड रुपियाँ ० को अनुदान सहयोगमा चक्रपथ बिस्तार भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार