एकै रातमा १३ स्थानबाट डेढ टिप्पर धुलो संकलन



नेपालबहस संवाददाता
 




काठमाडौं। काठमाडौं महानगरपालिकामा बुधबार रातमा १३ स्थानबाट १८ टन धुलो संकलन भएको छ ।महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानबाट एकै रातमा १८ टन धुलो संकलन गरेको हो ।

सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका कार्य सञ्चालन शाखाले जनाएको छ ।

सबैभन्दा धेरै धुलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको थियो । यी क्षेत्रबाट डेढ टिप्पर धुलो संकलन भएको छ ।


सम्बन्धित समाचार