६ लेन व्यापारिक मार्गमा कालोपत्रे द्रुत गतिमा



नेपालबहस संवाददाता
 




वीरगञ्ज । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग सुधार योजनाअन्तर्गत ६ लेनको व्यापारिक मार्गमा कालोपत्रे दु्रत गतिमा भैइरहेको छ ।

व्यापारिक मार्ग अन्तर्गत वीरगञ्जदेखि परवानीपुरसम्मको ६ लेन सडक खण्डमा धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ । पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको यो खण्डमा अहिले कालोपत्रेको काम द्रुत गतिमा भइरहेको आयोजनाले जनाएको छ ।

सो सडक खण्ड निर्माणको ठेक्का पप्पुले लुम्बिनी कन्स्ट्रक्सनसँग साझेदारीमा लिएको हो । २ वर्षमा पूरा हुने गरी २०७३ असारमा ठेक्का लगाइएको थियो ।

म्याद थपेर योजना पूरा गर्ने समयसीमा २०७६ असोजसम्म पु¥याइएको छ । वीरगञ्जको सुक्खा बन्दरगाहदेखि परवानीपुरसम्मको सो खण्डको अधिकांश काम तीव्र गतिमा भइरहेको पप्पु कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सुमित रौनियारले बताए ।

५३ करोड रुपैयाँ लगातमा निर्माण भइरहेको सो खण्डमा माटो भर्ने, ग्राभेल र बेस निर्माण भएर कालोपत्रेको काम भइरहेको रौनियारले जानकारी दिए । समयसीमाभित्रै काम पूरा हुने विश्वास निर्माण कम्पनीको छ ।


सम्बन्धित समाचार