fbpx

तुलसीपुर – काठमाडौ हवाई उडान दैनिक दुईपटक



नेपालबहस संवाददाता
 




दाङ । दाङमा तुलसीपुर-काठमाडौ हवाई उडान दैनिक दुईपटक हुने भएको छ । यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक २ वटा उडान भर्ने कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले जानकारी दिए ।

दाहालका अनुसार चैत १८ गते सोमबारदेखि दिनमा दुईपटक हवाइ सेवा सञ्चालन हुने भएको हो । गएको असोज २७ गतेदेखि सातामा २ उडान भर्दै आएको वायुसेवा निगमको विमानले पुसदेखि दैनिक हवाइसेवा सञ्चालन गर्दै आएको थियो ।

लामो समयदेखि बन्द अवस्थामा रहेको विमान सेवा अहिले दैनिक सञ्चालनमा आउन थालेपछि यहाँका स्थानीयलाई काठमाण्डौ आवत–जावत गर्न सजिलो भएको छ ।


सम्बन्धित समाचार