काठमाडौं–निजगढ द्रुतमार्गमा गुठीको जग्गा अधिग्रहण शुरु



नेपालबहस संवाददाता
 



road-expandson

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ललितपुर । निर्माणाधीन काठमाडौं–निजगढ द्रत मार्ग (फास्ट ट्र्याक) का लागि गुठीको जग्गा अधिग्रहण शुरु गरिएको छ । काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग मानिने सो आयोजनाबाट अहिलेसम्म गुठीका नाममा मुआब्जाबाट झण्डै रु ४ करोड जम्मा भएको छ ।

खोकना गाउँ र त्यस आसपासमा पर्ने गुठीको जग्गा अधिग्रहणमा परेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए । अहिलेसम्म झण्डै ४० रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने अरू धेरै कित्ता जग्गा अधिकरणका क्रममा छ । उनका अनुसार सरकारले अरू व्यक्तिगत जग्गा जस्तै गुठीको जग्गालाई पनि सरकारी नियमानुसार मुआब्जा दिएको हो । उनले भने, “प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा समितिले तोकेअनुसार नै गुठीमा मुआब्जा आएको हो ।”

खोकनामा रातो मछिन्द्रनाथलगायत धेरै मन्दिर र गुठीका नामका जग्गा रहेको कार्यालयले जनाएको छ । कला र संस्कृतिले भरिएको उक्त स्थानलाई युनिस्को (संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवम सांस्कृतिक सङ्गठन) ले विश्व सम्पदा सूचीमा सूचीकृत हुनसक्ने सम्भावना भएका ठाउँको सूचीमा राखेको थियो । सरकारले दुई वर्षपहिले सो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । झण्डै ७६ किलोमिटर दूरीको उक्त आयोजनामा खोकना, बुङ्गमती लगायतका स्थानमा जग्गा विवाद रहेको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार