सुक्खा पहिरोका कारण स्याफ्रु–रसुवागढी राजमार्ग बन्द


Share This

नेपालबहस संवाददाता    

रसुवा । सुक्खा पहिरोका कारण केहीबेर अगाडि स्याफ्रु–रसुवागढी खण्डको राजमार्ग बन्द भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीस्थित स्वास्थ्य चौकी नजिकको सडकमा पहिरो जाँदा नेपाल–चीनबीचको यो व्यापारिक मार्ग बन्द भएको हो ।

प्रजिअ कृष्ण पौडेलको नेतृत्वमा अहिले जिल्लास्तरीय टोलीले सडक खुलाउने प्रयास जारी राखेको प्रहरी प्रमुख थापा क्षेत्रीले बताए । साँघुरो सडक क्षेत्रमा ट्राफिक समस्या बढ्ने भएकाले केरुङबाट मालवस्तु लिएर आएका ट्रकलाई टिमुरेमा र मालवस्तु लिन केरुङ जाने सवारीसाधनलाई बेत्रावतीमा रोकी राखिएको छ ।

केहीबेर अगाडि सुक्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको बताइएको छ ।रासस

तपाईको प्रतिक्रिया
Road Show Real State