अतिक्रमण हटाउन नसक्दा लोपोन्मुख कृष्णसार संकटमा


Share This


नेपालबहस संवाददाता    88 Views

गुलरिया  ।नेपालकै र्दुलभ एवम् लोपोन्मुख बन्यजन्तु कृष्णसारको वासस्थान क्षेत्रमा भएको अतिक्रमण हटाउन नसक्दा कृष्णसार संकटमा परेका छन् । यो वन्यजन्तु ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सुचिमा सुचिकृत क्षेत्र हो ।

बन विभागमा पटक पटक पहल गर्दापनि पुर्नस्थापनको लागि केन्द्रले कुनैचाँसो नदिँदा संरक्षण कार्यालयलाई हम्मेहम्मे परेको संरक्षण कार्यालयले जनाएको छ । अतिक्रमित संरक्षणक्षेत्रको वस्ती पुर्नस्थापन हुन नसक्दा कृष्णसार संरक्षणमा समस्या परेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुरका प्रमुख पुरुषोत्तम शर्मा वताउँछन् ।

अव्यवस्थित वस्तीका कारण संरक्षण र व्यवस्थापनको काम दुवैमा कठिनाई परेको छ । संरक्षण क्षेत्रको कोरएरीयामा वस्ती वस्दा धेरै ठाउँमा खुला नाकाहरु छन् । मानिसहरु आवत जावत गर्दा व्यवस्थापनलाई कठिनाई पर्छ । १ सय ४२ घरधुरीका भुमिहिनहरुलाई पुर्नस्थापन गर्नुपर्ने चुनौती कायमै रहेको वताउँदै उनले मानविय वसोवासका कारण घरपालुवा वस्तुभाउ र कुकुरहरु संरक्षण क्षेत्रमा आउँदा कृष्णसार संरक्षणमा चुनौती थपिएको बताए ।

वस्ती व्यवस्थापनका लागि धेरै पटक पहल गर्दा पनि समस्या समाधान भएन । कृष्णसार संरक्षणक्षेत्र ब्यवस्थापन समितिले वैशाख महिनामा कृष्णसार संरक्षण क्षेत्रको भ्रमणमा आएका मन्त्री शक्ति वस्नेतलाई वस्ती व्यवस्थापनका लागि ज्ञापन पत्र वुझाएपनि कुनै सुनुवाई नभएको गुनासो समितिको छ । संरक्षण क्षेत्रको अतिक्रमणले कृष्णसार मात्र होईन त्यहाँ वसोवास गर्ने भुमिहिनहरु पनि पिडित छन् ।

कृष्णसार संरक्षण क्षेत्रमा ०२८ र ०३६ साल देखि वस्दै आएका परिवारहरु छन् । संरक्षण क्षेत्रमा लगाएको अन्नवाली कृष्णसारले खाएर सखाफ पार्ने गरेको कल्पना पाण्डेले भनिन । संरक्षण क्षेत्रबाट उन्मुक्ती लिन हामी आतुर छौं तर सरकारको पुर्नस्थापन गर्ने कुनै चालचुल छैन । खेतवारीमा लगाएको अन्नवाली कृष्णसारले खान्छ कुनै क्षतीपूर्ति पनि पाउँदैनौ । जतिसक्यो चाँडो आफूहरुलाई पुर्नस्थापन गर्न उनले माग गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार