fbpx

पर्यटनका हस्ती टेकचन्द्र पोखरेलको निधन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । फोक्सोको क्यान्सरबाट पीडित पर्यटन व्यवसायी टेकचन्द्र पोखरेलको ८४ वर्षको उमेरमा निधन भएको छ । पोखरेलको सोमबार बिहान काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

५० वर्ष भन्दा लामो समय नेपाली पर्यटन क्षेत्रमा योगदान पुर्‍याएका पोखरेल विगत पाँच महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।स्वास्थ्यमा समस्या आएपछि पोखरेललाई आज बिहान करिव ५ बजे ओम अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे निधन भएको थियो ।

पोखरेल आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पोखरेल नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स ९नाट्टा० का संस्थापक अध्यक्ष हुन् ।

पोखरेल दुईपटक गरेर १३ वर्षसम्म नाट्टाका अध्यक्ष भए । यससँगै उनी हिमालयन रेस्क्यु एशोसिएसन र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ‘टान’ का पनि पूर्व अध्यक्ष हुन्। उनी नेपाल पर्वतारोहण संघ ‘एनएमए’ मा पनि आवद्ध थिए । पोखरेलको सांग्रिला होलिडेज कम्पनी साथै गैरीधारामा रमडुडल्स रेष्टुरेन्ट पनि सञ्चालनमा छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीका अनुसार पोखरेल नेपालको पर्यटन क्षेत्रको गुरुयोजनामा समेत सहभागी थिए । जोशीले पर्यटन क्षेत्रमा दुरदृष्टि राख्न सक्ने नेपाली पर्यटन क्षेत्रको स्तम्भु को रुपमा पोखरेल रहेका प्रतिक्रिया दिए ।

यसैगरी टुरिष्ट गाइड एसोसिएन अफ नेपाल ‘टुर्गान’ का पूर्व अध्यक्ष हरेराम बरालले पर्यटनको हस्ती गुमाएको प्रतिक्रिया दिए । उनका अनुसार २००७ सालताका राजनीतिमा लागेपनि पछि पर्यटनलाई व्यवसायिक र व्यवस्थित बनाउन पोखरेल राजनीति छाडेर पर्यटन व्यवसायमा होमिएका थिए ।

पोखरेलले स्याङ्बोचेमा नेपालकै सबैभन्दा महँगो एभरेष्ट भ्यु होटल समेत सञ्चालन गरेका थिए । पुर्ख्यौंली घर खोटाङ भएका पोखरेलको श्रीमती, एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया