माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन हात्तीसहितको टोली परिचालन


Share This

नेपालबहस संवाददाता    

रत्ननगर । दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ ।

भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो ।

सो बाघ समस्याग्रस्त भएर बस्तीमा निस्किएको निष्कर्षसहित नियन्त्रणमा लिन टोली परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा वन्यजन्तु प्राविधिकसहित ३४ जनाको टोली बाघ नियन्त्रणमा खटिएका छन् । बाघ समाउन छ वटा हात्ती प्रयोग गरिएको छ । बाघलाई डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइन्छ ।
बम

उनका अनुसार मङ्गलबार नियन्त्रण गर्न लाग्दा बाघ फुत्किएको थियो आज पनि बिहानैदेखि सो क्षेत्रमा बाघ नियन्त्रणका लागि टोली खटिएका छन् ।

तपाईको प्रतिक्रिया