म्यानमाकी प्रथम महिला पाटन दरबार क्षेत्रमा


Share This

नेपालबहस संवाददाता    

ललितपुर । म्यानमाकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गरेकी छिन् । बिहान ११ बजे पुगेकी उनी झण्डै एक घण्टा पाटन क्षेत्रमा रहेकी थिए ।

चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र स्थानीयवासीको सहभागिता थियो ।

चोले पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक, मूलचोक र सुन्दरी चोकको भ्रमण गर्नुभएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए।

उनले सङ्ग्रहालयबाट हिरण्यवर्ण महाविहारसम्म पैदल गई त्यहाँका सांस्कृतिक र धार्मिक सम्पदाका बारेमा चासो राखेकी प्याकुरेलले बताए ।

उनले भने, “विशेष गरेर यहाँका झाँकीमा उनले चासो देखाइन ।” हिरण्यवर्ण महाविहारमा चोलाई त्यहाँका पुजारीले पूजा पनि गराए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास९बिम्स्टेक० सम्मेलनका लागि उनी नेपाल आएकी हुन् ।

तपाईको प्रतिक्रिया