श्रीलंकाका राष्ट्रपति मैत्रिपालाद्वारा आनन्दकुटी विहारको अवलोकन



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले काठमाडौंको आनन्दकुटी विहारको अवलोकन गरेका छन् । चौथो बिमस्टेक सम्मेलनमा भाग लिन काठमाडौं आएका उनले निर्माणाधीन विहारको स्थलगत अवलोकन गर्नुका साथै वस्तुगत जानकारी पनि लिए ।

२०७२ सालको भूकम्पमा भत्किएको आनन्दकुटी विहारको पुनर्निर्माणको जिम्मा श्रीलंकाले लिएको छ । विहारका प्रतिनिधिका अनुसार करिब ८० प्रतिशत काम सकिएकाले अबको ६ महिनामा विहार तयार हुनेछ ।

विसं। २००० मा पहिलोपल्ट निर्माण गरिएको आनन्दकुटी विहार स्वयम्भूको दक्षिण क्षेत्रमा छ । यसअघि आजै उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ सचिवालयको निरीक्षण गर्दै सार्कलाई गतिशील तुल्याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

महासचिवसहित आठवटै देशका निर्देशकसँगको अन्तरक्रियामा उनले सदस्य मुलुकबीच भ्रातृत्वको भावना प्रवर्द्धन गर्दै सार्कका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि लाग्नुपर्ने बताए ।

हिजो बुद्ध जन्मस्थल लुम्बिनी पुगेर भगवान बुद्ध र माता मायादेवीको पूजा आराधना गरेका उनी आजै स्वदेश फर्कंदै छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •