धरहरा पुननिर्माण ठेक्काको आर्थिक प्रस्ताव आजबाट खोलियो


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणको लागि प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव खोलिएको छ । आइतबार प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जीआईईटीसी–रमन रहेको छ ।

यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ । धरहरा पुनर्निर्माणका लागि सीआईसीओ–कालिका–रसुवा जेभी, जीआईईटीसी–रमन जेभी, जेडआईईसी–लामा जेभी, सीआर फाइभ सीईसी–स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सीएफईसी गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए ।

यीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको थियो । धरहरा पुनर्निर्माणका लागि सीआईसीओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआईईसी–लामा जेभीले ४ अर्ब ५० करोड, सीआर फाइभ सीईसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सीएफईसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका छन् ।

प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भैरहेको छ । मानन्धरले आशयपत्रका लािग सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुने जानकारी दिए ।

प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि वैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो ।

तपाईको प्रतिक्रिया