आश्रम सञ्चालन गर्न बजेट अभाव हुँदा भेटीको भर



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्यूठान । स्वर्गद्वारी आश्रम भेटीका भरमा सञ्चालन भइरहेको छ । आश्रम सञ्चालन गर्न बजेट अभाव हुँदा भेटीको भर पर्नु परेको हो । गत आवमा आश्रममा झण्डै रु एक करोड ७० लाख भेटी सङ्कलन भएको थियो ।

उक्त रकम आश्रम सञ्चालनमा खर्च हुने गरेको आश्रमका लेखापाल वासु भट्टराइले जानकारी दिए । आश्रममा तेलमा मात्रै करीब रु ७० देखि रु ८० लाख खर्च हुन्छ । गाईपालन गर्न मासिक रु तीन लाखभन्दा बढी खर्च हुन्छ ।

गाईका लागि मासिक पाँच क्विन्टल दाना किन्नुपर्छ । दैनिक तीन क्विन्टल चामल प्रयोग हुन्छ । अहिले जेनतेन आश्रम सञ्चालन भइरहेको भट्टराई बताउछन् । “रु ७० लाखदेखि रु ८० लाख तलबमै खर्च हुन्छ,” उनले भने । आश्रममा हाल करीब १५० कर्मचारी कार्यरत छन् ।

आश्रममा सञ्चालन गरिएको वेद पाठशालामा बटुक तथा शिक्षकलाई खाना, आवास र तलबमा पनि वर्षेनी खर्च हुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •