fbpx

 इनोभेटिभ अवार्डबाट चन्द्रागिरिहिल्स लिमिटेड पुरस्कृत


Share This

नेपालबहस संवाददाता    

काठमाडौंं । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।

आज राजधानीमा आयोजित विशेष कार्यक्रमकावीच माननीय महिला बाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रा गिरि हिल्स लिमिटेडका तर्फबाट महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेकी हुन् ।

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिका मैत्री बनाइएको छ ।

पहुँचयुक्तता प्रवद्र्धन गर्ने ¥यामप, पदमार्ग, शौचालय, विधुतीय गाडी तथाव्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा यस्तो इनोभेटिभ कार्य गरे वापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघले जनाएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघले पहिलो पटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्स लिमिटेड लगायत अन्य तीन संघ–संस्था सम्मानित भएका छन् । सम्मान कार्यक्रममा संक्षिप्त मन्तब्य ब्यक्त गर्दै माननीय मन्त्री थापाले अपाङ्ग मैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको विश्वास व्यक्त गरिन ।

चन्द्रागिरि हिल्स लिमिटेडका महा प्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा निर्माणा धीन रिसोर्टमा समेत अपाङ्गमैत्री संरचना निर्माण गरिएको जानकारी दिँदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तब्य बन्ने विश्वास व्यक्त गरिन् ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

तपाईको प्रतिक्रिया