fbpx

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै


Share This

नेपालबहस संवाददाता    

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ ।

दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो ।

जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विश्वको अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेकर्ड राखिएको स्थान छुमचौरमा खेलकूद मैदान बनाउँदै छौँ ।

यस खेलकूद मैदान निर्माणका लागि अहिले मैदान मिलाउने काम भइरहेको छ, उनले भने, सरकारको रु १५ लाख बजेटमा खेलमैदान मिलाइरहेका छौँ, यसको डिपिआर पनि बन्दैछ प्रतिवेदन आउन बाँकी छ ।

कर्णाली प्रदेश खेलकूद गतिविधि, खेदकूद मैदान, रङ्गशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले खेलकूद मैदानको हालै सम्भाव्यता अध्ययनको कार्य शुरु गरिएको थियो ।

‘कर्णाली रङ्गशाला’ निर्माणले एकातिर कर्णाली प्रदेशको खेल जगतको पूर्वाधार तयार हुनेछ भने अर्कोतिर कर्णाली क्षेत्रलाई खेलकूद पर्यटनका रूपमा विकास गर्दै लैजान ठूलो अवसर प्राप्त हुने देखिन्छ । यसका लागि सम्बन्धित सबै सरोकारवालाले बेलैमा ध्यान दिन आवश्यक छ ।

मालिका मावि लोडचौरमा हाइअल्टिच्युट टे«डिङ सेन्टरको डिपिआर तयार भएपछि उक्त विद्यालयलाई कहाँ लिने के गर्ने भन्ने निर्णय हुने पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए ।

तपाईको प्रतिक्रिया