fbpx

टेम्केडाँडा मुन्धुम ट्रेल पदमार्ग प्रदेश १ कै उत्कृष्ट


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकारले सूचीकृत गरेको १ सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा मुन्धुम ट्रेल पदमार्गलाई प्रदेश १ कै उत्कृष्ट पर्यटकीय पदमार्ग बनाउने घोषणा गरिएको छ ।

मुन्धुम ट्रेल विकास तथा प्रवर्द्धन सम्मेलन २०७५ को भेलाले पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास र प्रवर्द्धन गर्न भौतिक तथा पर्यावरणीय अभ्यासको थालनी गर्ने निर्णय गरेको हो ।

भेलाको निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा मैयुङ टेम्के साल्पा सिलिचुंग पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राइले पदमार्गको डीपीआर सहितको गुरुयोजना निर्माण गरेर आ–आफनो भौगौलिक क्षेत्रअन्तर्गत काम गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

त्यस्तै सम्मेलनमा पदमार्गमा पर्ने वन्यजन्तुको बासस्थान, जैविक विविधता, खानेपानीका मूल र ‘ईको सिस्टम’लाई असर पुग्ने कुनै पनि किसिमको सडक, बाटोजस्ता भौतिक संरचना निर्माण नगर्ने निर्णय गरिएको उनले बताए ।.

पदमार्गको विकास र प्रवर्द्धन गर्न सके पर्यटकीय आगमन थप्न र विविध रोजगारमूलक बाटो खुल्न सक्ने सम्भावना रहेको राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार