दुई दिनका लागि मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिर वैकल्पिक मार्ग


Share This

नेपालबहस संवाददाता    

मुस्ताङ, २५ वैशाख । कार्यक्रमलाई सुरक्षित एवं भरपर्दो बनाउने र तीर्थयात्री एवं पर्यटकको सहजताका लागि यही वैशाख २८ गते अपराह्न ४ बजेदेखि २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिनाथ परिसर क्षेत्रमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

जिल्ला सुरक्षा समिति मुस्ताङको आज बसेको बैठकले मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङ आउने जाने पदयात्रीको पदयात्रालाई नियमित तथा सूचारु गर्न मुक्तिनाथ मन्दिर परिसर क्षेत्र बाहिरको बैकल्पिक बाटो तय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलका अनुसार वैशाख २८ र २९ गते पदयात्रीका लागि छेन्गुर, झोङ, पुटाक हुँदै कागबेनीको बाटो तय गरिएको छ ।

पदयात्रामा जाने पर्यटकका लागि बैकल्पिक पदमार्ग व्यवस्था गरिनु स्वागतयोग्य भएको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State