जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव


Share This


नेपालबहस संवाददाता    

लमजुङ । पर्यटकीय गाउँ सिउरुङमा पर्यटन प्रवद्र्धनको निम्ती जेठको दोस्रो साता ११औँ सिउरुङ महोत्सव हुने भएको छ । मस्र्याङ्दी गाउँपालिकाको सो गाउँमा विगतका वर्षझैँ यसपटक पनि ११ औँ सिउरुङ महोत्सव हुनेभएको हो ।

सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूलआयोजक समितिका संयोजक नन्द घलेले बताए ।

महोत्सवमा स्थानीय कला संस्कृति झल्कने झाँकीका साथै स्थानीय हस्तकलाका सामग्रीको प्रदर्शन गरिने छ । महोत्सवमा खाना महोत्सव, कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखू, चर्खा, झोला, पछ््यौरालगायत ऊन र धागोबाट निर्मित सामग्रीको प्रदर्शन गरिने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

समुद्री सतहदेखि करीब एक हजार ८५४ मिटरको उचाइमा रहेको पर्यटकीय गाउँ सिउरुङमा गुरुङ जातिको घना बस्ती छ । विभिन्न हिमशृंखलाको दृश्यावलोकन, प्राकृतिक सुन्दरता, संस्कृति, स्थानीय बासिन्दाको हार्दिकता, आत्मियता र पाहुना सत्कार सिउरुङ गाउँको विशेषता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार