मेक्सिकोकी भेनेसा मिस वर्ल्ड २०१८, थाइल्याण्डकी निकोलेन मिस एसिया

काठमाडौं । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पन्सले चुमेकी छिन् । उनलाई अघिल्लो सालकी मिस वर्ल्ड भारतकी मानुषी छिल्लरले क्राउन लगाईदिएकी थिइन् । चीनमा आज सम्पन्न भएको फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् । थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाट नै बाहिरिएकी छिन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । थप पढ्नुहोस्

नेपालकी श्रृंखला खतिवडा मिस वल्र्डको फाइनलमा !

काठमाडौँ । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा पुगेकी छन । उनले मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्नुका साथै ब्यूटी विद अ पर्पस अवार्ड पाउन पनि सफल भएकी छन । चीनमा चलिरहेको मिस वल्र्डमा आफुले महत्वपूर्ण सफलता पाएको भन्दै उनले सबै नेपालीलाई धन्यवाद दिएकी छन । इन्स्टाग्राममा लाइभ गर्दै उनले हर्षका आशु समेत झारेकी थिइन । थप पढ्नुहोस्

नेपाल नेक्स्ट सुपरस्टार–२०१८ को उपाधी धिरज र करिस्नालाई

काठमाडौं । यस वर्षको रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को उपाधि पुरुषतर्फ धिरज रसाईली र महिलातर्फ करिस्ना श्रेष्ठले जितेका छन् । थ्रिडी नेपाल र एमपी इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को प्रथम संस्करणमा १३ पुरुष र १२ महिला प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रतियोगितामा पुरुषतर्फ धिरज र महिलातर्फ करिस्नाले नेपाल नेक्स्ट सुपरस्टारको उपाधी जित्न सफल भएका हुन् । थप पढ्नुहोस्

युवायुवतीको प्रतिभा उजागर गर्न अवसर दिनुपर्छ : डा.शर्मा

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सृजना गर्नुपर्ने आवश्यकता औल्याएका छन् । बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएरपनि अवसर नपाउँदा उनीहरु ओझेलमा परेको डा.शर्माको भनाई छ । नृत्य, गायन, अभिनय लगायत बिभिन्न बिधाका प्रतिभाहरु गाउँ–गाउँमा रहेको भन्दै डा.शर्माले उनीहरुमा भएको प्रतिभा उजागर गर्ने वातावरण मिलाउँनुपर्नेमा जोड दिए । थप पढ्नुहोस्

सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४४ विद्यामा २२० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुर्न लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । थप पढ्नुहोस्

सिटिएफ फ्रेसर फेसन नाईट फेसन सो हुदै

काठमाडौँ । सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको ूसिटिएफ फ्रेसर फेसन नाईटू फेसन सो हुने भएको छ । उक्त शो को लागि यहि आउदो असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा बिहान ६ बजे देखि अडिशन हुने भएको छ । दशैँ र तिहार बीच कार्तिक १६ गते रक टनेल रेष्टुरेन्ट तिनकुनेमा हुन गईरहेको फेसन सो मा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ भने यस फेशन शोमा सेलेब्रेटी मोडलरनायिकाहरुको समेत उपस्थित रहने जानकारी आयोजक एलिशा अग्रवालले गराएकी छिन । उक्त फेसन सोमा सांगीतिक कार्यक्रमको साथमा डिजे पार्टी समेत हुने भएको छ । थप पढ्नुहोस्

तिज फेसन शो सम्पन्न

काठमाडौं । एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा सम्पन्न भएको तिज फेशन शो तथा म्युजिकल ईभेण्टको भब्यताको साथ सम्पन्न भएको छ । प्रमुख अतिथि संचारकर्मी,कलाकार तथा समाजसेवी सुर्य चन्द र अभिनेता रमित ढुंगानाको उपस्थितिमा सम्पन्न फेसन शो मा मोडल कौशिक प्रसाई, अभिनेता नयन डिसी, मोडल संजय राजविक्रम, मोडल जेम्स बिसी लगायतका अन्य सेलिब्रेटीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । तिज फेसन शोमा फेसन डिजाइनर रश्मि बस्नेत, प्रमिला डंगोल, अनिल प्रधान, स्वीकृति पोखरेल, अनु शिल्पकार तथा एलभीडी एण्ड लाइभ अप डेनिमका आकर्षक ड्रेसहरु प्रस्तुत गरिएको थियो । थप पढ्नुहोस्

नेपाल्स लिटल स्टार २०१८ को ओरेन्टेसन सम्पन्न

काठमाडौं । सिद्दि मिडिया प्रालिले आयोजना गर्न लागेको नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको ओरेन्टेसन क्लास सम्पन्न भएको छ । करिब २ दर्जन बालबालिका प्रतिश्प्रधा गर्न लागेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथ नेपाल्स लिटल स्टार २०१८ आयोजना गर्न लागिएको सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउछन् । थप पढ्नुहोस्

मिस टिन कलेजको छैटौं संस्करणमा को को छन्, सहभागी ‘हेर्नुस’

काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरिएको मिस टिन कलेज को छैटौं संस्करणमा सहभागीहरुको फोटो सार्वजनिक गरिएको छ ।काठमाडौंका विभिन्न कलेजहरुमा कक्षा ११ र १२मा अध्ययनरत १६ वर्षदेखि १९ वर्ष सम्मका छात्राहरु मिस टिनमा सहभागी भएका छन् । थप पढ्नुहोस्

तीजमा उपयुक्त मेकअप

  सीमा गुरुङ /मेकअप आर्टिस्ट काठमाडौं । तीज भन्नासाथ हिजोआज एकदमै ट्रेन्डी र फेसनेबल सोच आइहाल्छ । महिलाहरू डिजाइनर पहिरनका साथ आफूलाई सुहाउने मेकअपमा सिंगारिन चाहन्छन् । तीजमा ट्रेन्डी मेकअप तर ब्राइट देखिने हल्का मेकअपमै सुन्दर देखिन सकिन्छ । हेभी मेकअपले आफूलाई मात्र होइन हेर्नेलाई समेत गार्‍हो हुन्छ । तीजका बेला व्रत बस्ने, मठ–मन्दिर जाने तथा नाचगान गरिने हुँदा वाटरप्रुफ मेकअप लगाउनुपर्छ । विवाहित महिलाहरूले रातो एवं ब्राइट कलरका पहिरन लगाउने हुँदा सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुन्छ जसमा आइज स्मोकी हुनुपर्छ । थप पढ्नुहोस्
1 2 3 5