आज,भोली र पर्सिको मौसम यस्तो रहने अनुमान !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले देशका अधिकांश स्थानहरूमा केही दिन देखि हल्का,मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्यधिक वर्षा भैइरहेको छ ।

आज साँझ पख देशका पूर्वी र पश्चिमि भू-भागहरुमा आंशिक बदलीको सम्भावना !

मौसम विभागद्धारा प्रकाशित सुचनामा असार २१ गते बिहीबार आजको दिन साँझ पख देशका पूर्वी र पश्चिमि भू-भागहरुमा बदलीको अवस्था रहि मध्य क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । देशका मध्य र पूर्वी भू-भागहरुमा रातको समयमा मध्यम बर्षाको सम्भावना छ।

यस्तै विभागका अनुसार असार २२ गते शुक्रबार दिनभरीनै देशै भरि बदली भई पूर्वी तथा मध्य भागका केहि स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने पश्चिमका केहि स्थानमा दिनमा मध्यम खालको वर्षा हुने सम्भावना छ भने असार २२ गते राती देशका पश्चमि भागमा मध्यम देखि भारी बर्षाको सम्भावना छ।

र शनिबार असार २३ गतेका दिन देशको पूर्वी र मध्य क्षेत्रमा बदली भइ केहि स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ, भने बाँकि भू-भागमा आंशिक बदली भई केहि स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

अन्य थप मौसम सम्बन्धि जानकारीका लागि तलको सुचना हेर्नुहोला :

तपाईको प्रतिक्रिया
Road Show Real State