उपहारका गैडा असार २८ मा चिन जादै


Share This


नेपालबहस संवाददाता    123 Views

काठमाडौं । उपहारस्वरूप छिमेकी देश चीनमा पठाउने २ गैडाको मिति तय भएको छ । यहि असारको अन्तिम अथवा २८ गते चिन जाने गैंडाको नेपाल सरकारले नामकरण पनि गरिसकेको छ । चीन पठाउन लागिएको दुई जोडी गैंडामध्ये पहिलो चरणमा भद्र र रूपसीको जोडी जादै छन् ।

उपहारस्वरूप छिमेकी देश चीनलाई पठाउन लागिएको गैंडालाई निकुञ्जबाट नियन्त्रणमा लिएर ती केटाहरूलाई बुमामा राखिएको थियो ।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल अनुसार पिट बुमामा राखिएका गैंडाको नियमित स्वास्थ्यजाँच भइरहेको छ।

चीनबाट आएका र निकुञ्जका पशु चिकित्सकको संयुक्त टोलीले दिनहुँ ती केटाहरूको स्वास्थ्य जााँच गरिरहेको छ । हरेकका लागि दुईदुईजना खटिएका छन् । पहिलो चरणमा चीन लगिने भाले गैंडा भद्रको हेरचाहमा खैरहनी नगरपालिका–१२ का विनोद दराई गरेका छन् ।

आठ वर्षदेखि निकुञ्जमा वाइल्ड लाइफ टेक्निसियनका रूपमा कार्यरत दराई गैंडा हेरचाहमा खटिनुअघि वन्यजन्तुको उद्धार र अनुसन्धानमा सहयोगीको काम गर्थे ।

गत वैशाख १५ मा निकुञ्जको देवीताल खोरिया मुहान क्षेत्रबाट भद्रलाई नियन्त्रणमा लिएपछि उनी त्यसको हेरचाहमा व्यस्त भएका हुन् । भद्रलाई खुवाउने, हेर्ने, नुहाइदिने उनको जिम्मेवारी हो ।

वैशाख २० गते सुखीभारबाट समातेको रूपसीलाई पनि भद्रलाई जसरी नै स्याहारसुसार गरिएको छ । रूपसीको हेरचाहमा बर्दिया ठाकुरद्वाराका दीपप्रसाद चौधरी गरेको बताइएको छ ।

निकुञ्जका वाइल्ड लाइफ टेक्निसियन चौधरीले यसअघि बाघले हानेर घाइते भएको केटोको हेरचाह समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया