आज,भोली र पर्सिको मौसम पूर्वानुमान, पश्चिमक्षेत्रमा भारी बर्षाको सम्भावना


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । पूर्विय न्युन च्यापिय रेखाका कारण सक्रिय मौसकका कारण आज देशका धेरै भू-भागहरुमा सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद् बरुण पौडेलले बताएका छन् ।

मौसमविद् पौडलका अनुसार आइतबार साँझ पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। देशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, असार २५ गते सोमबार दिनमा देशभरिनै बदली रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने साँझ पनि देशभरिनै बदलि रही केहि स्हथानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । वर्षाको गतिविधि पश्चिमि क्षेत्रमा केहि बढ्ने देखिन्छ। देशको मध्य र पश्चिमि क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असार २४ गते आइतबार बिहान ६ बजे प्रकाशित सुचना अनुसार ३ दिनको मौसम पूर्वानुमान गरिएको छ । पूर्वानुमान संगै असार २६ गते मंगलवार पनि देशभरिनै बदली रहि अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना भने साँझ पनि देशभरिनै बदली रही केहि स्हथानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने देखिन्छ।

पूर्वको एक दुई स्थानमा र पश्चिमि क्षेत्रको केहि स्थानमा भारि वर्षाको संभावना देखिन्छ।

तपाईको प्रतिक्रिया