श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५०


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० तोकेको छ । मजदुर संगठन, व्यवसायी र सरकारबीच भएको वार्तामा श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० पुर्‍याउने सहमति भएको हो ।

यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ३७ सय ५० रुपैयाँ थप्ने गरी समितिले सिफाररिस गरेको हो । तलवमा २२५० भत्तामा १५०० वृद्धि गरि ३७ सय ५० पुगेको छ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १३ हजार ४ ५० पुग्नेछ ।

सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । सामाजिक सुरक्षाकोष तुरुन्त कार्यन्वयन गरिने गरिने सहमति भएको अखिल नेपाल ट्रेड युनियनका महासचिव जगत सिंखडाले जानकारी दिए ।

समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ । समहति अनुसार अब हरेक उद्योग प्रतिष्ठानमा काम गर्ने मजदुरले बढेको तलब पाउने छन् ।मजदुरहरूको वढेको तलव भत्ता साउन १ गतेदेखि लागू हुनेगरी निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया