२०१८ को पहिलो सूर्य ग्रहण आज, दोस्रो साउन २६ गते


Share This


नेपालबहस संवाददाता    72 Views

काठमाडौं । सन् २०१८ सालको पहिलो सूर्यग्रहण आज बिहान लागेको छ । आज बिहान साढे सात बजेबाट सुरु भएको सूर्यग्रहण बिहान १० बजेसम्म लागेको ज्योतिष शास्त्रले बताएका छन् ।

यो वर्षको दोस्रो सूर्यग्रहण भने अब अगस्ट ११ अर्थात् साउन २६ गते लाग्ने भएको ज्योतिषले बताएका छन् । आजको सुर्यग्रहण नेपाल र भारतबाट भने देख्न नसकिएको बताइएको छ । सूर्यग्रहण दक्षिण अस्ट्रेलियाको मेलवर्न, स्टीवर्ट आइल्याण्ड, अन्टार्कटिका, होबार्ट लगायतका स्थानबाट अवलोकन गर्न भने सकिएको थियो ।

ज्योतिषले सुर्यग्रहणबाट केहि राशीमा आंशिक प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका थिए । ग्रहणलाई नांगो आँखाले नहेर्न उनीहरूले सुझाएका छन्। ज्योतिषका अनुसार ग्रहणको प्रभाव कर्कट, मिथुन र सिंह राशिमा बढी पर्ने छ।

तपाईको प्रतिक्रिया