fbpx

मुक्त घोषणा दिवस १९ वर्षमा, कमैयाका समस्या शुन्यमा !


Share This

नेपालबहस संवाददाता    

बर्दिया । मुक्त कमैयाको नाममा राजनिति गर्नेले सत्ताबाहिर रहदा चक्रो रुपमा आवाज उठाउने तर सत्तामा गएपछि विर्सने परिपाटिका कारण मुक्त कमैयाका समस्या जहाका त्यहि भएको मुक्त कमैयाहरुले बताएका छन् ।

मुक्त घोषणा भएको १९ वर्ष भएपनि मुक्त कमैयाहरु पुनः कमैया समेत वस्ने गरेका छन । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया प्रथा लाई अन्त्य गर्दै मुक्त घोषणा गरेका थिए, साथै मुक्त भएका कमैयाहरुलाई सरकारले व्यवस्थित वसोवासका र आत्मनिर्भर वन्नका लागी लगानी समेत गर्दै आइरहेको छ त्यति हुदा पनि यो समस्या अझै हल भएको छैन ।

मुक्त कमैयाहरुको हातमा जग्गाको पुर्जा भएपनि जमिन छैन । केहि मुक्त कमैयाहरुले अझै पनि राज्यले उपलव्ध गराएको सेवा सुविधा पाउन वाट वन्चित भएका छन भने केहिले जग्गाको लालपुर्जा पाएपनि जमिन पाएका छैनन यो समस्या अहिले पनि जस्ताको त्यस्तै छ ।

मुक्त कमैया समाज बर्दियाका अध्यक्ष दुखराम थारुका अनुसार बर्दियामा ११ हजार ८ सए ७५ जना कमैयाहरुलाई सरकारले मुक्त घोषणा गरेको थियो । जस मध्ये अझै पनि करिब १ हजार २ सए जना लाई पुनस्र्थापना गर्न बाकि छ तर भुमि सुधार कार्यालयका अनुसार अव पुनस्र्थापना गर्न बर्दियामा ८३ जना मात्रै रहेको बताएको छ ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५७ साल श्रावण २ गते बर्दिया , दाङ्ग, बाके, कैलाली र कन्चनपुर जिल्लामा रहेका करिब ३५ हजार कमैयाहरुलाई मुक्त घोषणा गरेका थिए । साथै मुक्त भएका कमैयाहरुलाई सरकारले पुनस्र्थापना गर्ने निति समेत निर्माण गरियो। सरकारको निति अनुसार १ कठ्ठा देखि ५ कठ्ठा सम्म जमिन उपलव्ध गराइएको हो साथै घर निर्माणका लागी पटक पटक रकम तथा काठ समेत उपलव्ध गराइएको छ ।

तर जिल्लामा रहेका मुक्त कमैया पुनस्र्थापना जिल्ला समिति सक्रिय नभएका कारण पनि पुनस्र्थापना कार्यमा ढिलाई भएको बताइएको छ । तत्कालिन अवस्थामा स्थानिय विकास अधिकारी संयोजक रहने व्यवस्था थियो अहिले सो समितिको सयोजक जिल्ला समन्वय समितिका अध्यक्ष रहने व्यवस्था भएपनि अहिले भुमिका विहिन रहको छ ।

यसै गरी मुक्त कमैयाको पुनस्थार्पनाको लागी जग्गा व्यवस्थापन समिति समेत रहेको छ जसको सयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ तर यो पनि अहिले निस्क्रिय रहको छ । ५ वटै जिल्लाका हजारौ मुक्त कमैयाहरु अझै पुनस्र्थापना हुन सकिरहेका छैनन ।

प्रदेश सरकारको आश्वासन !

यसैविच, प्रदेश न ५ का मुख्यमन्त्री शंखर पोख्रेलले बुधवार बर्दियामा आयोजना गरिएको एक कार्यक्रममा मुक्त कमैयाका सुखी र आनन्दको सपना देखाएका छन् । पुनस्र्थापना गर्नका लागी केन्द्र सरकार सग समन्वय गरेर सो समस्याको चाडै हल गर्ने पोखरेलले बताए ।

मुक्त कमैयाको पुर्नस्थापना साथै उनिहरुको जिविको पार्जनका लागी र कम्लहरी प्रथा अन्त्यका लागी प्रदेश सरकारले योजना बनाएर अगाडि बढने बताएका छन् ।

१९ वर्ष देखि समाधान हुन नसकिरहेको यो समस्या अब मुक्त कमैयाहरुलाई प्रदेश सरकारको मुख ताकेर बस्नुपर्ने भएको छ । प्रदेश सरकारले कहिले केन्द्र सरकारसंग सहकार्य गरेर ५ वटै जिल्लाका मुक्त कमैयालाई देखाएको सपना अनुसार उनीहरुले आनन्दको रोजी रोटी खान पाउने हुन्, त्यो भने हेर्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया