नेपाली चलचित्रको आइटम गीतमा सनी लियोनको हट डान्स

काठमाडौं । बलिउड आइटम गर्ल सनी लियोनले पछिल्लो पटक एक नेपाली फिल्ममा आफ्नो नृत्य प्रस्तुत गरेकी छिन् ।लण्डनमा छायाँकन गरिएको फिल्म 'पासवर्ड'को आइटम गीतमा सन्निले कम्मर मर्काएर आइटम नृत्य गरेकी हुन् । उक्त गीतको छायाँकनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च्यो। फिल्ममा समावेश हुने 'सन्नि हो नाम मेरो' बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरे। अर्जुन पोखरेलले संगीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । थप पढ्नुहोस्

 ‘२.०’ ले कमायो १ सय करोड !

काठमाडौं । बलिउडका दिग्गज अभिनेताद्वय अक्षय कुमार र रजनीकान्तले अभिनय गरेको फिल्म ‘२.०’ ले हिन्दी भर्जनबाट १ सय करोड कमाएको छ । यो फिल्मबाट अक्षयको सय करोड क्लबमा समाबेश भएको फिल्ममध्ये सबैभन्दा छिटो सय करोड कलेक्शन भएको फिल्म हो । फिल्म बिहारमा अत्यधिक सफल रह्यो । फिल्मले बिहिबार २०.२५ करोड, शुक्रबार १८ करोड, शनिबार २५ करोड, आइतबार ३४ करोड र सोमबार १३.७५ करोड कलेक्शन गरेको थियो । भने पाँच दिनको कूल कलेक्शन १११ करोड भएको छ । त्यसैगरी फिल्मले विश्वव्यापी रुपमा लगभग ४५० करोड पुगेको छ । दक्षिण भारतमा फिल्मको व्यापार सफल भइरहेको छ । थप पढ्नुहोस्

लय संग्रौला र रेखा थापालाई हरितारा चलचित्र पुरस्कार

काठमाडौं । हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार तथा परिवर्तन सम्मान –२०७५ सम्पन्न भएको छ । बागबजार स्थित हार्दिक होटलमा सम्पन्न सम्मान समारोहमा ३ दशकभन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रका लागि संरक्षण-सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याए वापत लय संग्रौलालाई तथा लगभग दुई दशक देखि नेपाली चलचित्रमा आफ्नो अभिनय कला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत रेखा थापालाई प्रदान गरिएको छ । थप पढ्नुहोस्

हलिउड अभिनेता मोर्गन नेपालमा

काठमाडौं । हलिउड अभिनेता मोर्गन फ्रिम्यान नेपाल आएका छन्। युनिभर्सिटी अफ नर्थ टेक्ससको आधिकारीक ट्विटरमा मोर्गन नेपाल आएको बताएको छ। उनी ुद स्टोरी अफ गडु नामक टेलिसिरियलको छायांकनका लागि नेपाल आएका हुन्। मोर्गन नेपालको विभिन्न ठाउँको घुम्ने योजनामा छन्। ८१ वर्षीय मोर्गनले अस्कर अवार्ड पनि जित्न सफल भएका छन् । थप पढ्नुहोस्

१० हजार स्क्रिनमा बलिउडको सबैभन्दा महँगो फिल्म २.०

काठमाडौं । बलिउडको सबैभन्दा महँगो फिल्म २.० आजदेखि रिलिज भएको छ । रजनीकान्त तथा अक्षय कुमारसहितका कलाकारको अभियन रहेको चलचित्र आजदेखि विश्वभर प्रदर्शनमा आएको छ । यो चलचित्र तमिल, तेलुगू, हिन्दीसहित अरु धेरै भाषामा प्रदर्शनमा आउँदैछ । विश्वभरका १० हजार भन्दा स्क्रिनमा यो चलचित्र प्रदर्शनमा आउने बताइएको छ । चर्चा शिखरमा पुगेको यो चलचित्र भारतको सबैभन्दा हिट चलचित्र साबित हुने आँकलन पनि गरिएको छ । रजनीकान्तका प्रशंसक तमिलनाडु र दक्षिण भारतमा मात्रै सीमित छैनन्, उत्तर भारतसहित जापान, अमेरिकासम्म उनका फ्यान छन् । थप पढ्नुहोस्

नेपालकी प्रथम नायिका भुवन चन्दले फिल्म बनाउने !

काठमाडौँ । नेपालकी प्रथम नायिका भुवन चन्दले प्रेम कथामा आधारित चलचित्र निर्माणको घोषणा गरेकी छन । उनले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘साइनो’ चलचित्र निर्माण गर्ने घोषणा गरेकी हुन । “चलचित्रको छायाङ्कन सोमबारदेखि शुरु गरिनेछ,” उनले भनिन । ‘चन्द्रविनायक फिल्म प्रोडक्सन’को प्रस्तुतिमा बन्न लागेको सो चलचित्रको अभिनेत्रीमा नीता ढुङ्गाना र मिरुना मगर तथा नायकमा राजकुमार अनुबन्ध भएका छन । चलचित्रको कार्यकारी निर्माता शरण थापा र निर्देशक रमेश थापा छन । चलचित्रमा वसन्त सापकोटाको सङ्गीत तथा अभिमन्यू ‘निरवी’को कथा र संवाद रहनेछ । थप पढ्नुहोस्

गोपी माघ १८ मै

काठमाडौं । यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म गोपी अब माघ १८ मै रिलिज हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म गोपीमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन् । फिल्मको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले फिल्म अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले बताए । आफ्नो पहिलो फिल्म घामपानीले जस्तै गोपीले दर्शकलाई सन्तुष्ट बनाउने दावी लामाको छ । थप पढ्नुहोस्

जाडोमा हट साम्राज्ञी ! इन्स्टाग्राममा पोष्ट गरिन बोल्ड तस्बिर

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा सर्वाधिक महंगी र माग भएकी नायिका हुन, साम्राज्ञी राज्यलक्ष्मी शाह । भुवन केसी पुत्र अनमोल केसीसँग 'ड्रिम्स' चलचित्रबाट नेपाली फिल्म नगरीमा उदाएकी साम्राज्ञी अहिले एउटै फिल्मबाट १५ लाखसम्म पारिश्रमिक लिन्छिन । तर उनको चर्चा र माग फिल्ममा मात्रै छैन । सामाजिक सञ्जाल र खासगरी इन्स्ट्रागाममा पनि उत्तिकै छ । बढ्दो चिसो मौसममा उनले तीन वटा फोटो पोष्ट गरेकी छन । इन्स्टाग्राममा पोष्ट गरिएका तीनै तस्बिर हेर्नलाई मुटु बलियो पार्नुपर्छ । अनि कुनै धीत मरुञ्जेल हेर्न कुनै एकान्त ठाउँ हेर्नुपर्छ । थप पढ्नुहोस्

इजरायली चलचित्र महोत्सव काठमाडौँमा शुरु

काठमाडौँ । झण्डै छ दशक लामो इजरायल र नेपालबीचको कूटनीतिक दौत्य सम्बन्धलाई सांस्कृतिक आदानप्रदानका माध्यमबाट अझ सुदृढ तुल्याउने उद्देश्यले आयोजित १२औँ इजरायली चलचित्र महोत्सव आजदेखि शुरु भएको छ । त्रिदिवसीय महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको विकास प्रयासमा आर्थिक एवं प्राविधिक सहायता उपलब्ध गराएकामा आभार व्यक्त गर्दै आर्थिक, सामाजिक र प्रविधि एवं कृषि क्षेत्रमा इजरायलले हासिल गरेको प्रगतिबाट नेपालले सिक्नुपर्ने बताए । थप पढ्नुहोस्

प्रदर्शनको अन्तिम समयमा ‘अनुग्रह’को ट्रेलर सार्वजनिक

काठमाडौं । सामाजिक कथा बोकेको पारिवारिक सिनेमा ‘अनुग्रह’ले प्रसिनेमाको ट्रेलर सार्वजनिक गरेको छ । कात्तिक महिनाको ३० गते बाट सिनेमा सार्वजनिक प्रदर्शनमा आउने यस सिनेमालाई वितरक सरोज शर्माले बितरण गरेका छन् । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँ लाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोस खबासले निर्माण गरेको सिनेमामा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ । थप पढ्नुहोस्
1 2 3 15